विश्वहिन्दू महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
123

पोखरा ६ पुस । विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीले पोखरामा नेपाली समाजमा सनातन धर्म र हिन्दू संस्कृतिको महत्व विषयक क्षेत्रगत रुपमा दोस्रो चरणको मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

धार्मिक, सामाजिक र नैतिक समाजको उत्थान हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन गर्दै विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले हिन्दू धर्म संस्कार र संस्कृति विश्वकै उत्कृष्ट भएको हुँदा यसको संरक्षणका लागि सम्पूर्ण व्यक्ति लाग्नुपर्नेमा जोड दिए । अव पनि पुर्वीय संस्कृतिको संरक्षणमा लागेनौ भने पश्चिमा संस्कृतिको आक्रमण बढ्दै जाने र हाम्रोे संस्कृति हराउने बताए । कार्यक्रममा संस्कृत माविका सहप्राध्यापक श्रीकृष्ण सिग्देल, सिद्धार्थ आमा समूहका अध्यक्ष संगीता पौडेल, साहित्यकार छन्दिका त्रिपाठी लगायतले आफ्नो भनाई राखेका थिए ।

विश्वहिन्दू महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक गीता आचार्य सञ्चालन विश्वहिन्दू महासंघ कास्कीका महासचिव शिवप्रसाद कोइरालाले गरेका थिए । कार्यक्रममा साहित्यकार रमानाथ अधिकारीले कविता बाचन गरेका थिए ।

विभिन्न विद्यालयका २८ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको निर्णायकमा पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक सुरज पौडेल र रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी रहेका थिए । वक्तृत्वकला प्रतियोगितामा पोखरा माविकी कृतिका त्रिपाठी, प्रगती माविकी मन्जुश्री सापकोटा, ज्ञान सरोवर माविकी सरिश्मा वास्तोला क्रमश प्रथम द्धितीय र तृतीय भएका छन् ।

त्यस्तै सान्त्वनामा संस्कृत माविका सौरव पौडेल, वालमन्दिर माविका अपेक्षा शर्मा, र करुणानिधि माविका जागृति अधिकारी भएका छन् । प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमश नगद १ हजार, ७ सय, ५ सय र ३ सय सम्मान पत्र प्राप्त गर्नुका साथै श्रीपञ्चमीको दिनमा हुने फाइनल प्रतियोगिताका लागि छनौट भएका छन् । संस्थाको आयोजनामा पौष ११ गते जनप्रिय मावि सिमलचौरमा प्रतियोगिता गरी त्यहाँबाट छानिएका सहितको अन्तिम प्रतिस्पर्धा माघ १६ गते श्रीपञ्चमीको दिन केदारेश्वर महादेवमणि सेवा आश्रममा गरिने बताइएको छ । कार्यक्रममा उपस्थित सम्पूर्णलाई एक÷एक प्रति श्रीमद् भगवत् गीताको पुस्तक निःशुल्क प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै