पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा ४ का वडाध्यक्ष चेतबहादुर गोदामीका छोरा तुलाराज गोदामी श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले उनलाई हत्या आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
मृतक महिला बुलिङटार ४ निवासी १८ वर्षीया गोमति गोदामीमगरका आफन्तले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै गोमतीको हत्या भएको दाबी गरेका छन्।
गोमतीका बुबा गिरनबहादुर जर्गाहा मगरले आफ्नी छोरीको हत्या भए पनि राजनीतिक आडमा घटना लुकाउन खोजिएको दाबी गरे। उनले आफ्नी छोरीलाई ज्वाइँ तुलाराज गोदामी मगरले हत्या गरेको आरोप लगाए।
घटना २०७५ जेठ २० गतेको भए पनि घटना लुकाई आत्महत्याको रुपमा पुष्टि गर्न खोजिएको र पछि आफूहरु उच्च अदालत पोखरा गएर मुद्दा हालेपछि अदालतको आदेशमा मंसिर ८मा मृतकका श्रीमान्लाई पक्राउ गरिएको थियो।
प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले अदालतको आदेश अनुसार मृतकका श्रीमान्लाई नियन्त्रणमा लिई म्याद थप गरी घटना अनुसन्धान गरिरहेको बताए।
मृतकका बुवा गिरनले छोरीलाई कुटपिट गरी हत्या गरिएको तर आफूहरुलाई भने झुण्डिएर आत्महत्या गरेको भनी वडाध्यक्ष र उनका परिवारले घटना लुकाएको आरोप लगाए।
जिल्ला अस्पताल भरतपुर चितवनले पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको रिपोर्ट दिएपनि रिपोर्ट गलत भएको र त्यसमा पनि जालसाजी गरिएको मृतकका आफन्तले आरोप लगाएका छन्।
मृतकका आफन्तले नवलपुर प्रहरीमा पटक/पटक किटानी जाहेरी दिएकोमा अनुसन्धान अगाडि नबढाएपछि आफूहरु बाध्य भए उच्च अदालत गएको जनाए।
मृतकको शरीरमा नीलडाम रहेको र झुण्डिएको भनिएको स्थानमा आफूहरुलाई घटनाको जानकारी नगराइएको लगायत कारण घटना आत्महत्या नभई हत्या भएको उनीहरुको दाबी छ।
Related News
सम्बन्धित समाचार
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
चक्रदेवी सहकारीमा तोडफोड, ९ पक्राउ
गैंडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ
पोखरामा २१ जना लागुऔषध सेवनकर्ता पक्राउ, प्रशिक्षणिछि अभिभावकको जिम्मा
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
hero news full width
मुख्य समाचार
अन्योलबीच संसद बैठक डाकियो, कांग्रेसले बहिष्कार गर्ने
गण्डकीमा जिडिपी वृद्धिदर सबैभन्दा बढी
जेठ १०, २०८१बुद्ध जयन्तीमा शान्ति पदयात्रा र सम्मान
जेठ १०, २०८१बुद्धजयन्ती र उभौली पर्व अवसरमा प्रदेश प्रमुख भट्टको शुभकामना
जेठ १०, २०८१नागरिक बचाउन लागौं : दुर्गा प्रसाईं
जेठ ९, २०८१गण्डकी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, सोमबार पेसी
जेठ ९, २०८१