बुद्ध जयन्तीमा शान्ति पदयात्रा र सम्मान

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८१
Budda Jayanti End Photo 1

पोखरा । पोखराका बुद्ध धर्मप्रति आस्था राख्ने संघ, संस्था, गुम्बा, विहारहरुले सामुहिक रुपमा २५६८ औं बुद्ध जयन्ती मनाएका छन् ।

२५६८ औं बुद्ध जयन्ती मूल आयोजक समितिको आयोजनामा शान्ति पदयात्रा र सम्मानसहित विविध कार्यक्रम गरिएको थियो । धर्मशिला बुद्ध बिहारबाट सुरु गरिएको शान्ती ¥याली पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, बगालेटोल, सिमलचौर, सिर्जनाचोक, सभागृहचोक हुँदै सभागृहहलमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।

सोही समारोहमा बुद्ध धर्मको प्रचारप्रसार र सम्वद्र्धनमा योगदान पु¥याउने छिरिङ सेटेनलाई सम्मान गरिएको थियो । तिब्बतीयन क्याम्प, पृथ्वीचोकका प्रमुख सेटेनलाई लामा रिन्पोछे रिन्चेन साङ्पो र समितिका अध्यक्ष क्या. चन्द्रबहादुर गुरुङले सम्मान पत्रसहित दोसल्ला, मालाले सम्मान गरेका हुन् । सिटेनले लामो समयदेखि क्याम्पमा बसेर विद्यार्थीहरुलाई बुद्ध शिक्षाको ज्ञान दिनेका गर्दै आएकाले सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । यो सम्मानबाट विगतमा अहिलेसम्म २२ जना सम्मानित भइसकेका छन् ।

सभागृहमा ज्ञानमाला भजन, साँस्कृतिक कार्यक्रम, नाटक प्रदर्शनलयायत विभिन्न कार्यक्रम गरिएको समितिकी महासचिव बालकुमारी गुरुङले जानकारी दिइन् । बिहान पूजा संकलन, शिल प्रथाना, बुद्ध पूजा, दीप प्रज्वलन, भैषज्य पूजा पनि गरिने गरिएको उनले बताइन् ।

कार्यक्रममा लामा रिन्पोछे रिन्चेन साङ्पोले धर्मदेशना प्रवचन दिएका थिए । भने, वैशाख पूर्णिमा २०८१ (२५६८ औं बुद्धजयन्ती कास्की, पोखरा) स्मारिकाको विमोचन पनि गरिएको थियो ।

समितिले सप्ताहव्यापी कार्यक्रम गर्दै आएको थियो । जेठ ३ गतेदेखि नै विभिन्न कार्यक्रम गरी बिहीबार समापन गरिएको समितिका अध्यक्ष क्या. गुरुङले बताए । जेठ ३ गतेदेखि नै विभिन्न कार्यक्रम गरिरहेको थियो । पहिलो पदिन शुभारम्भ र साईकल ¥याली गरिएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए । कनिङ घेछेलिङ गुम्बा दीपबाट सुरु भएको साईकल ¥याली विश्व शान्ती स्तुपा अनदुमा पुगेर समापन भएको थियो । दोस्रो दिन जेठ ४ गते बेगनास तालमा माछाको भुरा छाडेर प्राणदान, नेपाल मगर संघमा धर्म देशना र सूखावती बौद्ध गुम्बा गाइघाटमा बुद्ध पुजा र धर्म देशना गरियो ।

जेठ ५ गते टुटुंगाको आरोग्य आश्रममा भोजन दान, निशुल्क स्वास्थ्य शिविर, वृद्धाश्रममा भोजन, गणचक्र पूजा, ध्यान शिविर भएको थियो । जेठ ६ गते पनि प्राण दान, गणचक्र पुजा र आर्थिक सहयोग गरियो ।

जेठ ७ गते भिक्षु शूभद्र स्मृति सभा, रक्तदान, धर्मदेशना कार्यक्रम भएको थियो । ८ जेठमा बौद्ध आचार्य खेम्पो शिर लामाबाट धर्मदेशना, खाद्यन्न र लत्ताकपडा सहयोग र सरसफाईसँगै वृक्षरोपण कार्यक्रम भयो । ९ गते प्रभातफेरी, रथ सजावत, सरसफाई, प्राणदान र खेम्पो लामा फोन्छोकबाट धर्मदेशनाको कार्यक्रम सकिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width