नागरिक बचाउन लागौं : दुर्गा प्रसाईं

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
druga prasai

पोखरा । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं’ अभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले आर्थिक पीडाका कारण सर्वसाधारण नागरिक घर न घाटको भएको जनाउँदै उनीहरुलाई बचाउनुपर्ने बताएका छन् ।

अभियानले बुधबार पोखरामा गरेको सभा सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलबाट देशले निकास नपाउने उल्लेख गर्दै त्यसका लागि आफू नेतृत्वको अभियानमा जोडिन सर्वसाधारण नागरिकलाई आह्वान गरे । ‘सत्य कुरा बोल्दा दुर्गा प्रसाईंलाई गलत भनिन्छ, जनता चक्रीय व्याजको मारले अत्यन्तै पीडित छन् । सहकारी मालिकले आर्थिक अपचलन गरेका छन्, वित्तीय संस्थाबाट लिएको ऋण सर्वसाधारण नागरिकले तिर्न सक्ने अवस्था छैन, राज्यले जनताको आवाज सुन्दैन,’ उनले भने ।

अभियानले भ्रस्ट, दलाल, तस्कर तथा माफिया ठहर गरेका करिब २० जना भिडियोसहित तस्विर सार्वजनिक

अधिवक्ता बालकृष्ण न्यौपानेले देशभरिका सहकारी पीडित एक हुनुपर्ने भन्दै एकतामा नै शक्ति हुने औैंल्याए । उनले नेपाल सिक्किम वा अफगानिस्तानजस्तो बन्ने खतरा रहेको भन्दै त्यसका लागि नेताको कार्यशैली शीघ्र सच्चिनुपर्ने औंल्याए ।

कांगे्रस पूर्वनेतृ रीता खनालले नेपाली जनता अभिभावकविहीन हुँदै भएको चर्चा गर्दै देशमा लुटेरा तथा तस्करको हालीमुहाली रहेको बताइन् । ३ तहका सरकारमार्फत दलहरुले देश लुटिरहेको जनाउँदै खनालले कुनै पनि बेला देश कंगाल बन्न सक्ने धारणा राखिन् । उनले ‘रास्वपालाई नयाँ बोत्तलको पुरानो रक्सी’ भएको संज्ञा दिइन् ।

त्यस अवसरमा सूर्यदर्शन सहकारी संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठ, पत्रकार सन्तोष देउजा, समाजसेवी जयलाल पुन लगायतले पनि धारणा राखे । कार्यक्रमबीच अभियानले भ्रस्ट, दलाल, तस्कर तथा माफिया दाबी गरेका करिब २० जना भ्रस्ट, दलाल, तस्कर तथा माफियाको भिडियोसहित तस्विर सार्वजनिक पनि गरियो । यसरी सार्वजनिक गरिनेमा जिबी राई, रवीन्द्र चौलागाई, रामबहादुर गौतम, केदार शर्मा, सूर्यध्वज न्यौपाने, केवी उप्रेती, हिमालय विक्रम मल्ल, भरत महर्जन छन् ।

त्यसैगरी, अभियानले रामचन्द्र शर्मा, इच्छाराज तामाङ, चन्द्रबहादुर तामाङ, देवकुमार नेपाली, विशाल ग्रुप, संघाई ग्रुप, गोल्यान ग्रुप, आनन्दराज बतास, विनोद चौधरी, दीपक मल्होत्रा, अरुण चौधरी, शेखर गोल्छा लगायतलाई पनि भ्रष्ट तथा दलाल ठहर गरेको छ ।
अभियानका पश्चिमाञ्चल संयोजक युदुनाथ सिग्देलले आफूहरुको सभा नितान्त नागरिक सभा भएको जनाउँदै अवश्य पनि भुइँमान्छेको आन्दोलन सफल हुने विश्वास व्यक्त गरे ।
सभा सुरु हुनुपूर्व पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥याली सुरु भई, अमरसिंह, पृथ्वीचोक नयाँबजार हुँदै अमरसिंह चौर पुगी सभामा परिणत भयो ।

अभियानले करिब ६८ अर्ब एनसेलको कर उठ्न बाँकी रहेको, ३२ अर्ब बिजुलीको, त्यस्तै ९७ अर्ब जतिका अख्तियारमा फाइल भएको जनाउँदै सरकारले सबैको चाँडोभन्दा चाँडो टुंगो लगाउनु पर्ने जनाएको छ ।

चक्रीय ब्याज मारले जनता घर न घाटका भएको अभियानको ठहर छ । लगानी असुल गर्ने बहानामा सर्वसाधारण नागरिकलाई धाकधम्की, घरपकड, गुण्डागर्दी गर्दै तर्साउने, प्रशासनको आडमा कालोसूचीमा राख्ने, ऋणमाथि ऋण थपेर कागज गराउने र कौडीको भाउमा घर जग्गा लिलाम गरी सर्वसाधारण नागरिकलाई घरबारविहीन गराउने कार्य भइरहेकोतर्फ सचेत गराउँदै उक्त कार्य प्राकृतिक तथा सामाजिक न्यायको सिद्धान्तविपरीत भएको अभियानको निष्कर्ष छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width