जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८१
RAPE

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ३, धारापानीका ३७ वर्षीय विपीन भन्ने केशव सुनार हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा १, नौडाँडाबाट पक्राउ गरेको हो ।

२०७९ माघ १० मा कास्की जिल्ला अदालतले उनलाई जबर्जस्ती करणी मुद्दामा ११ महिना ८ दिन कैद तथा १५ हजार जरिवाना सजाय सुनाएको थियो । तर, सजाय भुक्तान गर्न बाँकी रही उनी करिब १३ महिनासम्म फरार थिए ।
प्रहरीले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width