गण्डकी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, सोमबार पेसी

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
supreme court

पोखरा। गण्डकी सरकार सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिट बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ । अबको पेसी सोमबारलाई तोकिएको छ । न्याायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको हो । अघिल्लो दिन मंगलबार पनि न्यायाधीश रेग्मी र पोखरेलको इजलासले हेर्दाहेर्दैमा राखेर बुधबारका लागि पेसी तोकिएको थियो ।

गण्डकी प्रदेशसभाका कांग्रेस सांसद द्रोण कुँवरका अनुसार बुधबार प्रतिवादीका तर्फबाट १५÷१६ जनाले बहस गरेका थिए । अझै केही बाँकी रहेकोले बहस नटुंगिँदा न्यायाधीशले हेर्दाहेर्दैमा आदेश दिएको बताए । अब सोमबार यही इजलासले फैसला सुनाउनेछ ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख समेत ५ जनालाई विपक्षी बनाई गत २५ वैशाखमा उत्प्रेषण रिट दायर गरेका थिए ।

गत २३ वैशाखमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने बेलामा सभामुख कृष्णप्रसाद धितालले अधिकारीले प्राप्त गरेको ३० मतलाई नै विश्वासको मत प्राप्त गरेको भनी सदर गरेका थिए । जबकि ६० सदस्यीय प्रदेशसभामा ३१ बहुमत हो ।

सो विरुद्ध पाण्डे सर्वोच्च गएकोमा २८ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरी मुख्यमन्त्री खगराज अधिकारीलाई कामचलाउ बनाइदिएको थियो ।

गत २५ चैतमा सभामुखसमेतको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो कार्यकालका लागि नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width