गण्डकीमा जिडिपी वृद्धिदर सबैभन्दा बढी

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८१
Gandaki census

पोखरा । गण्डकीको कुल गार्हस्थ उत्पादन (जिडिपी) उपभोक्ताको मूल्यमा चालु आवका लागि ५ खर्ब १७ अर्ब हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आव २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

तथ्यांक अधिकृत शिव श्रेष्ठले चालु आवको प्रारम्भिक अनुमान बमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकीमा ४ दशमलब ५५ प्रतिशत रहेको र त्यसपछि लुम्बिनीमा ४ दशमलब ०५ प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार सबैभन्दा थोरै वृद्धिदर ३ दशमलब ३९ प्रतिशत कर्णालीमा हुने प्रारम्भिक अनुमान छ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३ दशमलब ८७ प्रतिशत हुने अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान गरिएको श्रेष्ठले बताए । सबै प्रदेशमा आव २०७८/७९ को वृद्धिदरभन्दा आव २०७९/८० को वृद्धिदर कम देखिएको बताउँदै उनले आव २०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै रहेको जानकारी दिए ।

कार्यालयका निर्देशक डा. ज्ञानेन्द्र बज्राचार्यले चालु आवमा गण्डकीमा राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ९ दशमलब ०६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको बताउँदै गत आव २०७९/८० मा पनि यस प्रदेशले ९ दशमलब ०६ प्रतिशत नै योगदान पुु¥याउने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

कार्यालयले चालुु आव २०८०/८१ मा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै २५ दशमलब ७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून शून्य दशमलब ३१ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरेको छ । चालुु आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २२ दशमलब ८४ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै १ दशमलब ९६ प्रतिशत निर्माण क्षेत्रको हुने अनुमान गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा.श्रीकान्त खतिवडाले सही तथ्यांकले नै कुनै पनि विकास तथा योजनाका लागि महत्वपूर्ण आधार तय गर्ने बताए । सही तथ्यांक माध्यमबाट समृद्धि र विकासका योजनालाई अघि बढाउन सकिने उनले जनाए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width