कपडा व्यवसायी एशोसियसन कास्कीद्वारा संचालित निशुल्क उपहार कुपन कार्यक्रम २०७६ को नतिजा सार्वजनिक गरिएको छ। नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा संचालित उपहार कुपन कार्यक्रममा सहभागी मध्ये कुपन नं. ३०३५९ लाई प्रथम पुरस्कार परेको छ। यस्तै कुपन नं. ०९३१० लाई द्वितीय र कुपन नं. ३१९८६ लाई तृतीय पुरस्कार परेको छ। एशोसियसनका अनुसार विजेताले पुरस्कार नगद रु.५० हजार, उपविजेताले नगद रु.३० हजार र तृतीय हुने ग्राहकलाई नगद रु. २० हजार प्रदान गरिने छ।
यस्तै कुपन नं. २१९९९, २९७८१, ३२०७९, ११००५, १८९७१, २६७७२, १५४३०, ०७१३७, ३३०४७ र ३०७३२ लाई सान्त्वना पुरस्कार परेको छ। उनीहरुलाई सान्त्वना पुरस्कार स्वरुप आकर्षक पुरस्कार प्रदान गरिने उपहार कुपन कार्यक्रमका संयोजक एंव एशोसियसनका महासचिव धर्ममानसिंह भण्डारीले जानकारी दिए। ४० हजार भन्दा धेरै ग्रहाकहरुले प्रत्यक्ष सहभागीता जनाएको उक्त कार्यक्रम गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति सहयोगार्थ संचालन गरिएको एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाले बताए।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले व्यवसायीहरु राज्यको अनुचित कर प्रणलीको चेपुवामा परेको दाबी गरे। यस्तो अवस्थामा पनि व्यवसायीक हितका खातिर आफुहरु चिन्तित रहेको उनले बताए। व्यवसायीका समस्याहरु समाधानका लागि सम्बन्धित निकायमा आवाश्यक समन्वयका लागि आफुहले सहयोग गर्ने अध्यक्ष लामिछानेले प्रतिबद्धता जनाए। पोखरा उद्योग वाणीज्य संघकी उपाध्यक्ष विन्दु कोईराला सुवेदीले उपभोक्ताहरुको हितमा व्यवसायीहरुले सामाजिक उत्तरदायित्वको समेत ख्याल गर्दै उपहार कुपन कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको प्रति खुसि व्यक्त गरिन्।
कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष नविन नापित, पुर्व अध्यक्ष रामचन्द्र गौतम र कस्मेटिक व्यवसायी संघका अध्यक्ष उमापति ढकाल लगायतले भनाई राखेका थिए।
एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ र संचालन सचिव रामचन्द्र तिमिल्सीनाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोउवा संघमा इलामका व्यवसायी
नव सिद्धार्थ महिला सहकारीको रक्तदान
नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित
मैले गरेको प्रतिबद्धता पूरा गर्छु : सशांक कोइराला
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१