युनाइटेड क्लबको आयोजनामा हुने १० औं संस्करणको पोखरा महोत्सव भब्य र सभ्य बनाउन गठित विभिन्न उपसमितिहरुको भेला बुधवार सम्पन्न भएको छ।
क्लब अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा महोत्सव सफल पार्न गगित विभिन्न ४० उपसमितिका संयोजकहरुले महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गराउन पाएको जिम्मेवारी पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए। शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा खुला चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा विशेष पहलकदमी गर्दै आएको क्लबले पुष २९ देखि माघ १२ सम्म अमरसिंह चौरमा महोत्सवको आयोजना गर्दैछ।
भेलामा बोल्दै क्लबका निवर्तमान अध्यक्ष तथा पोखरा महोत्सव कार्य सम्पादन उपसमितिका संयोजक सुकबहादुर गुरुङले पोखरा महोत्सव गण्डकी प्रदेशकै गौरवको विषय भएको बताए। सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले विगतका महोत्सवभन्दा यसपालिको महोत्सवलाई फरक ढंगले सञ्चालन गरी भब्य र सभ्य बनाउन लागिपर्ने बताए।
क्लब अध्यक्ष लालकाजी गुरुङले सबै पक्ष समेटेर उपसमिति लाग्नुपर्नेमा जोड दिए।
प्रसार संयोजक शान्तबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा महोत्सव सचिवालय उपसमिति संयोजक लोकबहादुर थापा, स्वयंसेवक परिचालन उपसमिति संयोजक विष्णु गुरुङ, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजक नरहरि पनेरु, स्मारक निर्माण उपसमिति संयोजक सिद्धिकुमार श्रेष्ठ लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१