१. देशमा आगामी मंसिर १४ गते उप–निर्वाचन हुँदैछ। उप–निर्वाचनमा उत्साहको वातावरण छ। उक्त कुरा राजनीतिक पार्टीहरु र उम्मेदवार हुन चाहने व्यक्तिहरुले जे जसरी उम्मेदवारीको नामांकन दर्ता गराएका छन्, त्यसबाट प्रष्ट हुन्छ। राजनीतिक पार्टीका रुपमा मान्यता नपाएका पार्टीहरुले स्वतन्त्र उम्मेदवारका रुपमा आफ्ना नेता र कार्यकर्ताहरुलाई अघि सारेका छन्।
२. उप–निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. २ को, दाङ ३ को (ख), बागलुङ क्षेत्र नं २ को (ख) र भक्तपुर क्षेत्र नं १ को (क) मा रिक्त प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। त्यसको साथै धरान उप–महानगरपालिका प्रमुखको पनि यसैबेला निर्वाचन हुन गइरहेको छ।
३. ती पदहरुका अतिरिक्त वडाध्यक्ष, वडा सदस्यहरु, समेत गरेर ५२ स्थानमा उप–निर्वाचन हुनगइरहेको निर्वाचन आयोगले जानकारी गराएको छ। उप–निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन गर्ने काम सिद्धिएको छ भने २४ गते उम्मेदवारले नाम फिर्ता लिने र त्यसैदिन अन्तिम नामावली प्रकाशित गरिने कार्यक्रम छ।
४. निर्वाचन भन्नासाथ आफ्नो स्थानमा त्यसको महत्व भइनैहाल्छ, प्रतिस्पर्धा भइनैहाल्छ। तैपनि प्रतिनिधिसभा, प्रदेश सभा र धरान उपमहानगरपालिका प्रमुखको निर्वाचनमा धेरैको ध्यान आकर्षित भएको छ। राजनीतिक पार्टीहरुले पनि ती स्थानहरुमा आफ्नो ध्यान केन्द्रित गर्दै छन्।
५. त्यसमा पनि कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका सदस्य निर्वाचन हुने भएकोले यसमा धेरैको ध्यान आकर्षित भएको छ। राजनीतिक पार्टीहरु चुनाव भन्नासाथ सहभागी हुनु स्वाभाविक हो। तर पूर्व र पश्चिमका अर्थात् अन्य जिल्लाका व्यक्तिहरु पनि स्वतन्त्र रुपमा उम्मेदवार हुन कास्की आएका छन्।
६. एकदुईओटा धार्मिक संस्थाहरु पनि आफ्नो पक्षका उम्मेदवार बनाउन सलबलाएका थिए। तीमध्ये कुनैले उम्मेदवार हुने व्यक्ति नै फेलापार्न सकेनन् भने कसैले प्रस्तावक र समर्थक नै पाएनन्। चुनाव भन्नासाथ मानिसहरु के–कसरी आकर्षित हुन्छन् भन्ने कुरा अहिले कास्कीमा देखिएको छ।
७. अहिले हुन लागेको उप–निर्वाचन हो। उप–निर्वाचनमा सरकारले गरेका कामकुराहरुको समीक्षा हुन्छ। जनताले ती काम कुरालाई के–कति मन पराएका छन्, छैनन् र सरकारको लोकप्रियता के कस्तो छ, त्यसलाई हेरेर मत दिन्छन्। हेरौं यो चुनावमा जनताले के–कस्तो निर्णय गर्छन् यो मंसिर १४ गते पछि तत्काल देखिने छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१