पोखरा, ३० असोज । नेवा खलः कास्कीको विहीवार सम्पन्न बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथिमा त्रुटी रहेको भन्दै १३ गते भाइटीका पूजा गर्ने निर्णय गरेको छ ।
खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत् र म्हः पूजाको दिन पात्रोमा गडबढ भएको बताएको छ । यसका अलावा औंसीको दिनमा गरिने गाइपूजा तथा लक्ष्मी पूजा पनि औंसीको दिनमा नरहेकोले गडबढ भएको खलः कस्कीका अध्यक्ष अशोक पालिखेले बताए ।
नेपाल पञ्चागं निर्णायक समितिका अनुसार यसपटक यमपञ्चकका रुपमा मनाइने तिहारको पहिलो दिन कार्तिक ९ गते काग तिहार, १० गते कुकुर र लक्ष्मी तिहार रहेको छ । ११ गते औंसीका दिन भने म्हपूजा र १२ गते न्हु दँ (नयाँ वर्ष) नेपाल सम्वत ११४० र भाइटीका रहेको छ । यी तिथिहरु नेवार समुदायले मनाउँदै आएको स्वन्ति नखः भन्दा ठीक विपरित छन् ।
पालिखेले नेवार समुदायलाई समितिले प्रकाशित गरेको पात्रोको आधारमा नभइ परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै ’स्वन्ति’ मनाउन नेवार समुदायलाई आह्वान गरेको छ । जसअनुसार, नेवार समुदायले औंसीकै दिन कार्तिक ११ गते मात्रै लक्ष्मी पूजा गर्न आग्रह गरिएको छ । पात्रोमा भाइटीका रहेको प्रतिपदाको दिन कार्तिक १२ गते नेपाल सम्वत र म्हपूजा मनाएर मात्रै द्धितीयाको दिन कार्तिक १३ गते बुधवार भाइटीका मनाउने पनि खलः ले निर्णय गरेको छ ।
‘नेपाल भाषा मंका खलले पनि देशभरका नेवार समुदायलाई यहि अनुरुप गर्न आग्रह गरेको छ ।’ पालिखेले भने ‘शताब्दी पुरुष सत्यमोहन जोशीले पनि परम्परागत रुपमै चल्दै आएको स्वन्तिलाई निरन्तरता दिन आग्रह गरेको हुनाले हामी सोही मुताविक नै गर्दैछौं’ । नेवा खलः कास्की अन्र्तगतका सम्पुर्ण कचा खलः (शाखा) हरुलाई पत्राचार नै गरेर निर्णय मुताविक गर्न अनुरोध गरेको छ । १३ गते भाइटीकाको दिन सार्वजनिक विदाका लागि गण्डकी प्रदेश सरकारसंग आग्रह गरिने पालिखेले जानकारी दिए ।
संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठले नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन ’न्हू दँ’ नेपाल सम्वत तथा साँझ आत्मपूजा स्वरुप ’म्हपूजा’ गर्ने परम्परा रहेको बताए । उनले त्यसको भोलिपल्ट कछलाथ्व द्वितीया अर्थात् नेपाल सम्वतको दोस्रो दिनमात्रै भाइटिका मनाउँदै पर्सीपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने जानकारी दिए ।
१२ गते नेपाल संवत ११४० को स्वागतार्थ भिन्तुना र्याली आयोजना गरिने भएको छ । भिन्तुना र्याली पोखराको न्यूरोडबाट शुरु हुनेछ । बिभिन्न जातजातिका झाँकी तथा नेवारी साँस्कृतिक नृत्य र झाँकीका साथ शुरु हुने यो र्याली पोखराका मुख्य बजार परिक्रमा गरी नेवा छेँ भिमसेनटोलमा पुगेर शुभकामना सभामा परिणत बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
थारु समुदायको संसारी पूजा स्थगित
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१