दुर्गा मन्दिर व्यवस्थापन समिति, पोखरा–१७, छोरेपाटनको आयोजनामा घटनास्थनादेखि दुर्गा पूजा महोत्सव शुरु भएको छ।
आइतबार मन्दिर परिसरबाट १०८ घडा, बाजागाजा, भजनकीर्तन सहित निस्केको शोभायात्रा शीतलचौतारी, डेभिडफल, बेलचौताराहुँदै मन्दिर पुगेको थियो। शोभायात्राको उद्घाटन गर्दै वडाध्यक्ष तीर्थराज अधिकारीले मन्दिरको संरक्षणको लागि वडाले सहयोग गर्ने प्रतिबद्धता गरे।
मन्दिर व्यवस्थापन समितिका कावा अध्यक्ष खुमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा छोरेपाटन टोल विकास समिति अध्यक्ष चूडामणि बराल, मन्दिर सचिव विजयकुमार शाहीले संचालन र स्वागत सहसचिव खेमराज बरालले गरेका थिए।
असोज २० सम्म चल्ने महोत्सव अन्तर्गत फूलपातिको दिन बाजागाजा, भजनकीर्तन सहित नगरपरिक्रमा गरी पूmलपाति भित्राइने शोभायात्रा परिचालन उपसमिति संयोजक विजयकुमार शाहीले बताए। महोत्सव अवधिभर पं.रामप्रसाद नेपालले देवीभागवत् प्रवचन दिने छन् भने साँझ ७ देखि १० बजेसम्म दुर्गा मन्दिर भजनमण्डल समितिद्वारा भजनकीर्तन तथा सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक खेमराज बरालले बताए।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१