छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा डाउन टाउनले चुमेको छ।
शनिवार सम्पन्न फाइनल खेलमा लायन्स क्लब अफ हेम्जालाइ ५–२ को फराकिलो गोल अन्तरले पाखा लगादै उपाधि जितेको हो। जितसंगै डाउन टाउनले नगद ४० हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता हेम्जाले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र चित्त बुझायो। खेलको म्यान अफ दि म्याच डाउन टाउनका विनोद गुरुङ घोषित भए।
लायन्स क्लब अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको क्लब, लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भएको उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी डाउन टाउनका दिलिप गुरुङ घोषित भए, उनले फुटबल सुज, ट्रफी र प्रमाणपत्र हात पारे। उत्कृष्ट डिफेन्स डाउन टाउनकै हिटलर घले घोषित भए भने उत्कृष्ट गोलरक्षक माछापुच्छ्रेका सुर्य शर्मा घोषित भए। त्यस्तै अनुशासित टिम लायन्स क्लब अफ मुनाल घोषित हुँदै ट्रफी हात पारे। सर्वाधिक गोलकर्ता हेम्जाका सुशील श्रेष्ठ घोषित भए। उनले प्रतियोगिता मा ९ गोल गर्न सफल भएका थिए।
शनिवार नै सम्पन्न सेमीफाइनल खेलमा हेम्जाले माछापुच्छ्रेलाई २–१ गोलले हराउदै फाइनल प्रवेश गरेको थियो भने डाउन टाउनले ग्लोबल लेकसिटीलाइ हराउदै फाइनल प्रवेश गरेको थियो।
विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ, प्रतियोगिताका संयोजक टंकराज अधिकारी, लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढंगाना, क्लबका अध्यक्ष अर्जुन सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा गोर्खा ब्रुअरीको टुवोर्ग वियर र महालक्ष्मी वायर एण्ड केवल ईन्डष्ट्रिज प्रा लि ले प्रायोजन गरेको थियो। प्रतियोगितामा थर्ड आई रेष्टुरेन्ट लेकसाईड पोखराले दोश्रो पुरस्कार प्रायोजन गरेको थियो भने खेलाडी ईन्स्योरेन्समा सगरमाथा ईन्स्योरेन्स कं. लिमिटेडले सहकार्य गरेको थियो।
लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपाल अन्र्तगतको सशक्त क्लब, लायन्स क्लब अफ पोखरा पिस सिटीले अनफ्नो स्थापना काल २०१२ देखि लायन्स लायन्सहरु बीच आपसी भाईचारा एवं सम्वन्ध प्रगाढ बनाउनको लागि स्पोर्त फर फेलोसीप भन्ने मुल नाराका साथ अन्तर लायन्स सेवेन ए साईड फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ।
लायन्स क्लब अफ पोखरा पिस सिटीले समग्र पोखराको फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै यस वर्षदेखि सम्मान समेत गरेको छ। ३७ वर्ष सम्म नेपालका विभिन्न क्लबमा आबद्ध भइ पोखराको फुटबल खेलको विकास र नवयुवाहरुको लागि प्रेरणाका स्रोत रहेको भन्दै ८७ बर्षिय पोखराका पुराना फुटवल खेलाडी यज्ञबहादुर साईलाई सम्मान गरिएको हो।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१