पोखरा । पोखरा रंगशालाको बास्केटबल कोर्टमा संचालित प्रथम मेयर कप बास्केटबल प्रतियोगिता आइतबार सकिएको छ ।
प्रतियोगितामा विद्यालय तहको (कक्षा १०) छात्रतर्फ कुमुदिनी होम्स र छात्रातर्फको उपाधि मनकामना बोर्डिङले जितेको छ ।
त्यस्तै, विद्यालय तहकै (कक्षा १२) को स्पर्धामा छात्रतर्फ पोखरा सेकेण्डरी स्कुल र छात्रातर्फको उपाधि न्यू ग्यालेक्सीले जितेको छ । ब्याचलर छात्रतर्फको उपाधि जनप्रिय र छात्रातर्फको उपाधि पोखरा लिङ्कनले जितेको छ । भेट्रान्सतर्फ अमरसिंह भेट्रान्स बास्केटबल टोली बिजयी बन्दै उपाधि जितेको छ ।
प्रतियोगिता अन्तरगत विद्यालय तहको (कक्षा १०) छात्रतर्फको फाइनल स्पर्धामा कुमुदिनी होम्सले बालकल्याणमाथि ६२–६० को अन्तरको झिनो जित निकाल्दै उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै कुमुदिनी होम्सले १० हजार र उपविजेता बालकल्याणले ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।
प्रतियोगिताको विद्यालय तह (कक्षा १०) छात्रातर्फको फाइनल शनिबार नै भएको थियो । जसमा मनकामना बोर्डिङले कास्की मोडर्नाइज्डमाथि १३–९ को जित निकाल्दै उपाधि हात पारेको थियो । उपाधिसँगै विजेता मनकामना बोर्डिबबले १० हजार र उपविजेता कास्की मोडर्नाइज्डले ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो ।
प्रतियोगिता अन्तरगत विद्यालय तह (कक्षा १२) छात्रतर्फको पोखरा सेकेण्डरी स्कुल र न्यू ग्यालेक्सीबीचको सनसनीपूर्ण फाइनलमा पोखरा सेकेण्डरीले ५१–५० को साँघुरो स्कोरले जितसहित उपाधि हात पा¥यो । उपाधिसँगै विजेता पोखरा सेकेण्डरीले १२ हजार उपविजेता न्यू ग्यालेक्सीले ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो ।
प्रतियोगिताको विद्यालय तह (कक्षा १२) छात्रातर्फको फाइनलमा न्यू ग्यालेक्सीले टप्स स्कुललाई ३४–११ को फराकिलो स्कोरमा हराउँदै उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै विजेता न्यू ग्यालेक्सीले १२ हजार र उपविजेता टप्स स्कुलले ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो ।
प्रतियोगिता अन्तरगत ब्याचलर छात्रतर्फको फाइनलमा जनप्रिय क्याम्पसले पीएन क्याम्पसमाथि ६१–४३ को फराकिलो स्कोर अन्तरले जित निकाल्दै उपाधि उचाल्यो । उपाधिसँगै विजेता जनप्रियले १५ हजार र उपविजेता पीएन क्याम्पसले ८ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो ।
प्रतियोगिताको ब्याचलर छात्रातर्फ पोखरा लिङ्कनले पोखरा कलेज अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टलाई ३५–१८ को फराकिलो स्कोरले हराउँदै उपाधि जित्यो । उपाधिसँगै विजेता पोखरा लिङ्कनले १५ हजार र उपविजेता पोखरा कलेज अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले ८ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।
प्रतियोगिता अन्तरगत अमरसिंहको भेट्रान्स बास्केटबल टोलीले फाइनलमा आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६३–३८ फराकिलो अंकले जित्दै उपाधि हात पारेको हो ।
राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेशकुमार गुरुङ, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम गुरुङ, पोखरा महानगरपालिका कार्यलयका कानून अधिकृत एवं कास्की जिल्ला बास्केटबल संघका सल्लाहकार नारायण शर्मा र कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङ तथा पदाधिकारी लगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१