कर्मचारीबीच युगल व्याडमिन्टन

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
Bahundada Fu.jpg 6

लमजुङ । लमजुङमा निजामति सेवा दिवस– २०७६ मा अन्तर निजामति कर्मचारी युगल व्याडमिन्टनका साथमा महिला र पुरूषको म्युजिक चेयर प्रतियोगिता गरिएको छ ।

कुल १६ टिमले भाग लिएको युगल व्याडमिन्टन प्रतियोगितामा इलाका प्रहरी कार्यालयका सुरेश परियार र सुआहारा कार्यक्रमका रोशन चौलागाई पहिलो, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक छत्रबहादु घर्ती र प्रहरी सहायक निरीक्षक निरञ्जन अमगाई दोस्रो भएको उक्त प्रतियोगितामा संयोजनको कार्य गर्ने जिल्ला व्याडमिन्टन संघका अध्यक्ष कृष्ण प्रधानले बताए ।

उनका अनुसार तेस्रो पुरस्कार सेमी फाइनलमा पुग्न सफल दुई टिम क्रमशः राष्ट्रिय अनुसन्धान कार्यालयका बाबुराम मग्राती र बेसीशहर नगरपालिकाका अमर श्रेष्ठ तथा जिल्ला प्रशासन कार्यालयका राजेन्द्रप्रसाद पौडेल र जिल्ला प्रहरी कार्यालयका टोपबहादुर तमुको टोलीलाई प्रदान गरिएको छ ।

उक्त प्रतियोगिताका विजेता पहिलो, दोस्रो र तस्रो हुने टिमलाई क्रमशः चार हजार, तीन हजार र २÷२ हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनाले बताए ।

उनका अनुसार २१ जनाले भाग लिएको म्युजिकल चेयरमा पुरुषतर्फ स्वास्थ्य कार्यालयका खेलनाथ उपाध्याय पहिलो, जिल्ला अदालतका युवराज लामिछाने दोस्रो र सोही कार्यालयका मिनेष पौडेल तेस्रो भएका थिए । त्यस्तै, सोही प्रतियोतिगाको महिला तर्फ १० जनाले भाग लिएका थिए । जसमा मालपोत कार्यालयका सिर्जना घिमिरे पौडेल पहिलो, जिल्ला हुलाक कार्यालयका एजी जोशी दोस्रो र बेसीशहर नगरपालिकाकी अनुपमा रेग्मीले तेस्रो स्थान हासिल गरेका थिए । उनीहरूलाई क्रमशः २ हजार १ हजार ५ सय र एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width