म्याग्दी,२२ भदौ । यहाँका एक परिवारले स्वर्गीय आमाको सम्झनामा विद्यालयलाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ लुक्सीपार निवासी एक परिवारले सोही वडा औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई एक लाख रुपैयाँ बढी सहयोग गरेका हहुन् ।
स्वर्गीय आमा चन्द्रकला बुढाको स्मृतिमा छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्णबहादुर बुढा र हेमबहादुर बुढा मगरले विद्यालयलाई संयुक्र रुपमा १ लाख १८ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर रोका मगरलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिका लागि स्वर्गीय चन्द्रकला स्मृति अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रअ तथा सहयोगदाता हेमबहादुर बुढा मगरले जानकारी दिए ।
सहयोग रकम प्रभु बैंकमा जम्मा गएिको र जम्मा भएको रकमको बार्षिक रुपमा आउने ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोका मगरले बताए । कक्षा ८ सम्मको पढाइ हुने विद्यालयमा १ सय ५० बढी विद्यार्थी अध्ययनरत छन् ।
Related News
सम्बन्धित समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१