पोखरा, १७ भदौ । स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–३ स्थित ललई मिनडाँडामा बाबु– छोराको हत्या भएको छ । मंगलवार विहान एकै परिवारका बाबुछोराको धारिलो हतियार प्रयोगगरी हत्या भएको हो ।
घरमा सुतिरहेका ३० वर्षीय चित्रबहादुर केसी र उनका ४ वर्षीय छोरा रिजनको धारिलो हतियार प्रयोगगरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार बाबुको टाउको र हातहरुमा र छोराको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । उनी पत्नीसहित तीन जना एउटै कोठामा सुतेका थिए । मंगलवार विहान ४.०० वजे अज्ञात व्यक्तिको समूह घरभित्र प्रवेशगरी खुकुरी प्रहारगरी उनीहरको हत्या गरेको हो । उनीहरुको घटनास्थमा नै मृत्यु भएको थियो ।
खुकुरी प्रहारपछि एउटै कोठाको अर्को खाटमा सुतेकी चित्रबहादुरकी पत्नी चिच्याएपछि हत्यामा सम्लग्न व्यक्ति भागेका थिए ।घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शव शल्यपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१