काठमाण्डौ, १५ भदौ । पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको पक्षमा र प्रेस स्वतन्त्रता विरोधी ऐन कानूनको विरोधमा नेपाल प्रेस युनियनले देशैभर आनदोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
सरकारी संचार माध्यमबाट श्रमजीवी पत्रकार निश्कासन गरिएको र उनीहरुको पुर्नवहाली गर्नु पर्ने र पत्रकार संघ संस्थासंग सहमति भए अनुरुप मिडिया काउन्सिल बिधेयक पास गर्नु माग गर्दै नेपाल प्रेस युनियनले आन्दोलन गर्ने भएको छ ।
नेपाल प्रेस युनियनका केन्दी्रय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतमा काठमाण्डौमा उपस्थित केन्दीय पदाधिकारी तथा केन्दी्रय सदस्यको बैठकले ,सरकारी संचार माध्यमबाट हटाइएका पत्रकारको पुर्नवहाली र पत्रकार संघ संस्थासंग सहमति भए अनुरुप मिडिया काउन्सिल बिधेयक पास गर्नु माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।
भाद्र १८ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र पठाइने भएको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल,उपाध्यक्षद्वय ईश्वरी ओझा, बिजय सन्तोषी राई,महासचिव अजय बाबु सिवाकोटी,उपमहासचिव भिष्म ओझा,प्रदेश संयोजकहरु लीला बल्लभ घिमिरे,लाल ऐरी,केन्द्रयि सदस्यहरु रमेश वाग्ले,भुवन शर्मा,दीलीपाश्री अधिकारी,युवराज गौतम,महाकाली संयोजक हरिष भट्ट लगायत आन्दोलन सशक्त बनाउनु पर्नेमा जोड दिएका थिए ।
सरकारबाटै प्रेस स्वतन्त्रता र पत्रकारहरुको पेशागत सुरक्षा संकटमा पर्नु दुभाग्य भएको वताउदै आन्दोलनको विकल्प नरहेको वैठकको निर्णय थियो । सरकारले रेडियो नेपाल लगायत सरकारी संचार माध्यमबाट व्यावसायी पत्रकारहरुलाई राजनीतिक पूर्वग्रही रुपमा हटाएर आफ्ना पार्टीका संचारकर्मी भर्ती केन्द्र बनाउन शुरु गरेको आरोप युनियनको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१