श्रीलंकन एसएससीसँग यू–१९ नेपाली टोलीको हार

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७६
ICC U-19 Neapali Team

पोखरा । एसीसी यू–१९ एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाल क्रिकेट टिमले पहिलो अभ्यास खेलमा तीन विकेटले हार बेहोरेको छ ।

श्रीलंकाको स्थानीय सिंहालिज क्रिकेट क्लब (एसएससी) सँग नेपाली टोली तीन विकेटले पराजित भएको हो ।

कोलम्बोमा भएको पहिलो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । खराब मौसमका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे ।

त्यस्तै, हरिबहादुर चौहानले अविजित १८ तथा भीम सार्कीले १५ रन जोड्दा कप्तान रोहितकुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए । नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । नेपालले अन्तिम बलमा क्याच छाडेपछि एसएससीले रोमान्चक जित निकालेको थियो । नेपालका लागि पवन सर्राफले ३ विकेट हात पारे । यस्तै कमलसिंह ऐरीले २, सूर्य तामाङ, सगर ढकालले समान १ विकेट हात पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै