पोखरा । आयोजक जक्सन–१६ ‘ए’ ले पहिलो संस्करणको पोखरा मिडिया कपको उपाधि जितेको छ ।
मिडिया कपको फाइनलमा आयोजक जक्सन–१६ को ‘ए’ ले जक्सन–१६ कै ‘बी’ लाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो । उपाधिसँगै जक्सन–१६ ‘ए’ ले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता जक्सन–१६ को ‘बी’ ले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
खेलाडीहरुलाई साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारी, नेपाली फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङ र म्याट्रिक्स एरेनाका संचालक अमनविक्रम थापाले पुरस्कार प्रदान गरेका थिए ।
निर्र्धारित समयमा दुवै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा जक्सन–१६ ‘ए’का गोलकीपर गौरब गुरुङले उत्कृष्ट बचाऊ गर्दै आफ्नो टोलीलाई उपाधि दिलाउन सफल भए ।
प्रतियोगितामा सुशान्त गाहामगर उत्कृष्ट खेलाडी बने । त्यस्तै, विजय नेपालीले उत्कृष्ट गोलकीपरको पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधिभर सबैभन्दा धेरै गोल गर्दै निकोलस गुरुङले ‘हाई स्कोरर’को उपाधि हात पारे । प्रतियोगिताभर सबैभन्दा अनुशासित खेल खेलेर ‘भोग स्टुडियो’ ले फेयर प्ले ट्रफी प्राप्त ग¥यो ।
पोखरा मिडिया कप अन्तरगत बुधबार भएको महिला पत्रकार र महिला सेलिब्रिटीबीचको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी बनेको छ । १–० गोल को कलाकारहरुले महिला पत्रकारमाथि नतिजा निकाल्यो । आयोजकले मैत्रीपूर्ण खेलमा सहभागी दुवै टोलीलाई ट्रफी प्रदान गरेको थियो ।
मैत्रीपूर्ण खेल खेल्नकै लागि अभिनेत्री सुरविना कार्की, सम्पदा बानियाँ र चर्चित युट्युबर तथा मोडल सोनिका रोकाया पोखरा आएका थिए । उनीहरुसँगै पोखराका चर्चित महिला कलाकारहरु मिलेर महिला पत्रकारहरुसँग फुटसल खेलेका थिए । महिला पत्रकार र सेलिब्रिटीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक देखिन्थ्यो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१