रणवीरले मागे महेशसँग आलियाको हात ?

एजेन्सी
श्रावण २९, २०७६
Ranbir Kapoor and Alia Bhatt

मुम्बई, २९ साउन । अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेम चर्चाका कारण लामो समयदेखि मिडियाको लाइमलाइटमा छन् ।

अब चाँडै उनीहरु बैबाहिक जीवनमा बाँधिन सक्नेछन् । पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि दुईले प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा रहेको भारतीय मिडियाले बताएका छन् । यही फिल्मको सेटबाट उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

मुम्बई मिररको एक रिपोर्टमा रणबीरले अलियाको पिता महेश भट्टसँग विवाहको बारेमा कुरा गरेको उल्लेख गरेको छ । ‘रणबीर कपूरले आलियाका पिता महेश भट्टसँग भेट गररेका छन् र उनले आधिकारिक रुपमा आलियाको हात मागेका छन् । त्यसबेला महेश निकै भावुक भएका थिए । उनले विवाहका लागि स्विकृति दिएका छन्’, मुम्बई मिररले रिपोर्टमा भनेको छ ।

केही दिन अगाडि आलिया मुम्बईमा डिजाइनर सब्यसाची मुखर्जीको स्टोरको बाहिर देखिएकी थिइन् । त्यसपछि उनले विवाहका लागि लहेंगा अर्डर गरेको खबर बाहिर आएको थियो । प्राप्त जानकारी अनुसार, रणबीर कपूरका पिता ऋषि कपूर भारत फर्किएपछि दुईको विवाहको तयारी सुरु हुनेछ । ऋषि लगभग एक वर्षदेखि न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेका छन् ।

आलिया र रणबीरले गएको वर्षदेखि एकअर्कालाई डेट गन थालेका हुन् । दुईलाई हाथमा हात राखेर हिँडेको अवस्थामा मिडियाले कयौं पटक भेटेको थियो । दुईले यस वर्ष आफ्नो सम्बन्धको खुलासा गरेका थिए । आलिया प्रायः रणवीरको फेमिलीसँग देखिने गरेकी छन् । उनलाई कपूर फेमिलीका हरेक सदस्य मन परेको छ । रणवीरको परिवार पनि आलियालाई बुहारी बनाउन तयार छ ।

Related News

सम्बन्धित समाचार

  • संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने

    प्रकाश ढकाल वैशाख २४, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले संविधानको व्यवस्था विपरीत बहुमत पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले उनको पक्षमा…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…

hero news full width