ग्लोबल टी–२० क्रिकेट : विनिपेग हक्स च्याम्पियन

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
WINIPEG HAWKS, Global T-20 Chmpion_Fotor

विनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि जितेको छ। भ्यानकुभर नाइट्सलाई सूपर ओभरको खेलमा पराजित गर्दै नेपाली अलराउण्डर सोमपाल कामी आबद्ध विनिपेग च्याम्पियन बनेको हो।

एक सय ९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो। ओपनर चल्न नसकेको खेलमा मध्यक्रमका ब्याट्सम्यानले भ्यानकुभरको इनिङ्स उकासेको थियो। कप्तान सोयब मल्लिकले ६४ रन बनाएको ईनिङ्समा आन्द्र रसेलले नटआउट ४६ रन बनाए।

यसअघि, पहिले ब्याटिङ गरेको सोमपालको विनिपेग हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो। साइमन अनवरले ९० रन बनाएको ईनिङ्सका अर्का ओपनर क्रिस लेनले ३७ रन बनाउन सफल रहे। जेपी डुमिनीले ३३ रन बनाए। आन्द्र रसेलले सर्वाधिक ४ विकेट लिए। निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो। जसमा हक्सले बाजी मारेको थियो।

हक्स च्याम्पियन बनेपछि सोमपाल भने अधिकांश समय मैदान बाहिर नै रहे। पहिलो खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनले मौका नै पाएनन्। सोमपाललाई पहिलो पटक विदेशी फ्रेन्चाईज लिगका लागि खरिद गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width