आउदी कपको फाइनलमा बायर्न म्युनिख र टोटेह्याम

एजेन्सी
श्रावण १६, २०७६
Audi-Cup Football, Tottenhams vs Real Madrid

प्रि–सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु वायर्न म्युनिख र बेलायती क्लब टोटेनह्याम फाइनल खेल्ने भएका छन् ।

बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बायर्नको सामना गर्नेछ ।

घरेलु बायर्नले टर्कीको फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको हो । टर्कीको फेनरबाचेलाई पराजित गर्न जर्मन च्याम्पियन बायर्नका लागि थोमस मुलरले ह्याट्रिक गरे । बायर्नले ५ गोल पहिलो हाफमा गरेको थियो ।

रेनाटो सान्चेसले २२ औं मिनेटमा बायर्नका लागि पहिलो गोल गरेका थिए । २२ मिनेटको बीचमा बायर्नले ५–० को अग्रता लिएको हो । २८ औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरे भने किङ्स कोमनले ४० औं मिनेमा गोल गरेका थिए ।

थोमस मुलरले खेलको ३१ औं मिनेटमा र ४४ औं मिनेटमा पेनाल्टीमा गोल गरी पहिलो हाफमा ५–० को अग्रता बनाए । दोस्रो हाफमा दुवै टोलीबाट एक/एक गोल भयो । ५८ औं मिनेटमा मुलरले ह्याट्रिक पूरा गर्दा फेनरबाचेका म्याक्स क्रुजले ६४ औं मिनेटमा एकमात्र सान्त्वना गोल फर्काए ।

त्यसैगरी, मंगलबार नै भएको अर्को खेलमा टोटनह्यामले रियल मड्रिडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । एलियान्ज एरेनामा टोटनह्यामलाई जित दिलाउन कप्तान ह्यारी केनले २२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रि–सिजन टूर अन्तर्गत एट्लेटिको मड्रिडँग ७–३ को फराकिलो अन्तरले हारेको रियलले अर्को पराजय बेहोरेको हो ।

Related News

सम्बन्धित समाचार

  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…

hero news full width