गायक केशव सुवेदी र प्रज्वल भित्रिकोटीको मुटुभित्र दुःखी रहने र जुनै नदेखि नामक म्यूजिक भिडियो आइतवार सार्वजनिक भएको छ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।
ढिकुरपोखरी परियार सम्पर्क समाज पोखराद्वारा आयोजित उक्त सार्वजनिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बास्तोलाले म्यूजिक भिडियो आएसँगै संगीत क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिल्ने बताए।
कलाकारलाई संगीत क्षेत्रबाट बाँच्ने आधार अझै पनि बन्न नसकेकाले सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिए।
संगीतकार नवराज बरालले संगीत क्षेत्रमा लगातारको मेहनतपछि मात्र सफलता हात लाग्ने बताए।
प्रज्वलको अघिल्लो म्यूजिक भिडियो भन्दा मुटुभित्र दुःखीरहने म्यूजिक भिडियो सुधारिएर आउनुको साथै धेरैले रुचाएको उनले बताए।
गीतकार अनुराग अधिकारीले भने संगीत क्षेत्रमा लाग्नु ठूलो कुरा हैन त्यसलाई निरन्तरता दिनु नै महानता हो।
आम स्रोताका मन जित्नेगरी म्यूजिक भिडियो बजारमा ल्याउन सकेमा त्यसले सबैको मन छुने बताए।
उक्त अवसरमा परियार सेवा समाजका केन्द्रीय सल्लाहकार नरेन्द्र भित्रिकोटी, परिवार सेवा समाज कास्कीका अध्यक्ष किसान परियार, गण्डकी प्रदेशका सदस्य जुमबहादुर परियार, गायक प्रज्वल भित्रिकोटी लगायतले आफ्ना भनाइ राखेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१