अंपागमैत्री फुटपाथले दियो खुुसी

Suraj Hazare Dahal
श्रावण ४, २०७६
footpath 2

पोखराको कुँडहर आधारभूत विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक टेक बहादुर थापालाई सिद्धार्थ चोकदेखि बिपीचोकसम्म दृष्टिबिहीन मैत्री फुटपाथ छ भन्ने थाहा थिएन । जब यो पंक्तिकारले उनी र उनका दृष्टिबिहीन साथी भिम बहादुर गुरुङलाई दोहो¥याएर फुटपाथमा लगे उनीहरुले फुटपाथको टायल हातैले छाम्न थाले । त्यसपछि दुबै जना ब्लाइन्ड स्टिकले टायल छोएर पछ्याउँदै मुस्कुराएर । दृष्टिबिहीन मैत्री फुटपाथ बनेपछि कस्तो लाग्यो ? भन्ने प्रश्नमा थापाले पहिलो ठेस खाँदै लड्नुपर्दथ्यो तर अब सजिलो हुनेभयो भन्दै मुस्कुराए ।
सिद्धार्थचोकको दायाँ बायाँदेखि बिपीचोक र न्यूरोडको उबडखाबड सडकपेटीमा हिंड्दै आएका सामान्य बटुवालाई मात्र होइन फरक क्षमता भएका दृष्टिविहीनलाई समेत अब हिंड्न सजिलो हुने भएको छ । पोखरा महानगरपालिकाको ६० प्रतिशत र एसियन कंक्रिट प्रालि भैरहवाको ४० प्रतिशत गरि रु १ करोडको लगानीमा २ मिटर चौडाई र ८८८ मिटर लम्बाइको स्मार्ट फुटपाथ निर्माण सम्पन्न हुन लागिरहेको छ ।

फुटपाथको निर्माणको नेतृत्व गरिरहेका एशियन कंक्रिटका सिभिल  इञ्जिनियर मोहन गौतमका अनुसार फुटपाथ निर्माणमा ५ दक्ष र ८ सामान्य मजदुर गरि १३ जना कामदार बिगत १ महिनादेखि खटिरहेका छन् । फुटपाथमा इन्टरलक ढुंगा र त्यसको बिचमा दृष्टिबिहीनको लौरीले पछ्याउने पहेंलो रंङको ट्याक्टाइल प्रयोग गरि लगभग ६५० मिटर फुटपाथ बनिसकेको छ भने ४–५ दिनमा बाँकी भाग निर्माण सम्पन्न हुनेछ । सर्वसाधरणबाट प्रतिक्रिया आएपछि फुटपाथलाई थप बिस्तार गरिने महानगरका सब इञ्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिए । बटुवाहरुलाई दृष्टिबिहीन हिंड्ने पहेंलो ट्याक्टाइलबारे सोध्दा अधिकांशले अनभिज्ञता प्रकट गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने

    प्रकाश ढकाल वैशाख २४, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले संविधानको व्यवस्था विपरीत बहुमत पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले उनको पक्षमा…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…
  • भूगोलविद् डा. हर्कको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी…

hero news full width