पोखरा । काठमाण्डौमा सम्पन्न ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रदेश ५ टिम च्याम्पियन बनेको छ ।
विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कास्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोश्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेश्रो बनेको छ ।
प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने । त्यसमा पनि प्रदेश ५ कै वर्चस्व रह्यो । चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले बनाए । छात्रको ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवण केवटले कीर्तिमान बनाए ।
सोही स्पर्धाको छात्रामा अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे । त्यस्तै, छात्राको सटपुटमा संगीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे । प्रत्येक कीर्तिमानी खेलाडीले १० हजार नगद पुरस्कार हात पारे ।
एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी समावेश प्रतियोगिताका विजेतालाई राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना लगायतले कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए । त्यस्त,ै टिम इभेन्टमामा पहिलो हुनेले २ हजार ५ सय, दोश्रोले २ हजार र तेश्रोले १ हजार ५ सय नगद पुरस्कार हात पारे ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१