संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन्।
करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीबार शक्तिशाली भूकम्प आएको थियो। सो भूकम्पपछि अरु कैयौँ शक्तिशाली पराकम्पनहरु आउनसक्ने अनुमान यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए।
अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार अमेरिकाको क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको पराकम्पन आएको छ।
बिहीबार साँझको सो पराकम्पनपछि नागरिकहरुमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन्। गत बिहीबारको भूकम्प ६.४ रेक्टर स्केलको थियो। त्यसयता करिब ८० ओटा पराकम्पनहरु आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको छ।
दुइ दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट करिब दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको छ। तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन। केही मानिस घाइते भएका समाचारमा आएको छ।
भूकम्पका कारण ग्याँसको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन्। उनीहरुकाअनुसार उद्धारको काम जारी छ। अहिलेसम्म त्यस्तो ठूलो क्षतिको खबर प्राप्त नभएको शुक्रबार दिइएको जानकारीमा उल्लेख छ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१