बागलुङ, २१ असार । बागलुङका सहकारीकर्मीले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान रुपमा लगाउन माग गरेका छन् ।
९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्रमका सहभागीले यस्तो माग गरेका हुन् ।
वित्तीय कारोबार गर्ने सबै सहकारीलाई आयकरमा समान व्यवस्था गनु पर्नेमा सहभागीहरुको जोड थियो ।
कार्यक्रममा सहकारी संघ संस्थाहरुमा कर सम्बन्धी व्यवस्था विषयमा करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले सहजीकरण गरेका थिए । उनले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले बहुउद्देश्यीय सहकारीहरुले २० प्रतिशत नै कर तिर्नु भनाइ थियो ।
सहकारी सम्बन्धी करको व्यवस्थामा वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकामा ५ प्रशित तथा उपमहानगरपालिका र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले विषयगत सहकारीहरुले आफ्नो विषयको मुख्य कारोबार अनिवार्य गर्नु पर्ने र आयकरको सम्बन्धमा सबै सहकारीलाई समान खालको व्यवस्था हुनु पर्नेमा जोड दिए । सहकारी क्षेत्रमा लगाइदै आएको आयकरलाई व्यवस्थित गर्नका लागि सबैका बीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी अभियानलाई सबै सहकारीमा समान भनिए पनि कानुनी रुपमा समान नदेखिएको भन्दै समान कर कायम गर्नु पर्नेमा जोड दिए । सबै सहकारीले राज्यले दिएको सेवा सुविधा पाउनुपर्छ, त्यसका लागि अभियानले समन्वय गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
विभिन्न विषयका ५० भन्दा बढी सहकारी संघ संस्थाका २ सय जना सहकारीकर्मीको सहभागिता रहेको कार्यक्रममा सहकारी सम्बन्धी कर लगायतका विषयमा सहभागीहरुले जिज्ञासा र सुझाव राखेका थिए । कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
सहकारी पीडितको पक्षमा उभिए राजनीतिक दल
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१