लियो क्लबको अध्यक्षमा खत्री

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
leo club

म्याग्दी ,२१ असार । लियो क्लब अफ बेनी ,म्याग्दीको नयाँ अध्यक्षमा विशाल खत्री चयन भएका छन् । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न क्लबको सातौं अधिवेशनबाट बर्ष २०१९ र २० का लागि खत्री सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अध्यक्ष खत्रीसंगै नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा झलक जिसी , द्वितीय उपाध्यक्षमा जनक सुनाम , तृतीय उपाध्यक्षमा हरिकृष्ण आचार्य , सचिवमा पदम बिश्वकर्मा , कोषाध्यक्षमा सुजाता खत्री ,टेलटुइस्टरमा आशीक भण्डारी र मिडिया डाइरेक्टरमा राकेश शर्मा निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि लियो क्लबका पूर्व अध्यक्ष भरतबहादुर रकालले निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । रकालले क्लबको नीति सिद्धान्त अनुसार सामाजिक कार्यमा लाग्नु पर्नेमा जोड दिए ।

निर्वाचित अध्यक्ष खत्रीले क्लबको नीति तथा सिद्धान्तको आधारमा सामुहिक सहकार्यमा अगाडी बढ्ने बताए । अध्यक्ष खत्रीले इमानदारिता पूर्वक आफुले पाएको जिम्मेवारी पुरा गर्दै युवालाई लक्षित गरी सामाजिक कार्यमा सक्रिय हुने बताए।कार्यक्रममा निवर्तमान अधयक्ष ईश्वर बरुवालले निर्वाचित अध्यक्ष खत्रीलाई कुर्ची हस्तान्तरण गर्दै २०१८ र १९ को कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width