नगरपालिका स्तरीय कविता प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असार ७, २०७६
56 Rb6

लमजुङ , ७ असार । लमजुङमा नगरपालिकास्तरीय माध्यामिक र आधारभूत तहको कविता प्रतियोगिता गरिएको छ । राइनास नगरपालिकामा गरिएको सो प्रतियोगितामा मावितर्फ सौभाग्योदय मावि र आधारभूततर्फ भैरव मावि पहिलो भए ।

मावितर्फ २० जना र आधारभूततर्फ १७ जनाले भाग लिएका थिए । मावि र आधारभूतको छुट्टाछुट्टै रूपमा सञ्चालन गरिएको प्रतियोगितामा मावितर्फ सौभाग्योदय माविका डोल्मा तामाङ पहिलो, भैरव माविका अस्मिाता थापा दोस्रो, शैलपुत्री माविका सुभेक्षा सेढाई तेस्रो तथा महेन्द्र बाल माविका अर्चना अधिकारीले सान्त्वना स्थान हासिल गरेको निर्णायक समितिका संयोजक एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष मातृकाप्रसाद खनालले बताए । उनका अनुसार आधारभूततर्फको प्रतियोगितामा भैरव माविका आरती घिमिरे पहिलो, क्रिएटिभ एकेडेमीका आकृति भुजेल दोस्रो, शिशु विद्याश्रम माविका निस्कृति नेपाली तेस्रो र क्रिएटिभ एकेडेमी कै कपिल चिलुवालले सान्त्वना स्थान हासिल गरेका छन् ।

सो प्रतियोगिताको उदघाटन गर्दै राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले विद्यार्थी भित्र अमूल्य क्षमता हुन्छ, त्यसलाई यस्ता प्रतियोगिताले व्यक्तित्वमा निखारता आउने हुन्छ भने । साथीको भन्दा राम्रो गर्न सक्दिन भनेर प्रतियोतिमा भाग नलिई हिनताभाव पाल्ने गर्नु हुँदैन उनले भने । उपमेयर धनकुमारी गुरुङले जिल्लाको पहिलो पत्रिका अन्तरङ्गले साहित्य, कला संस्कृतिका क्षेत्रमा पनि पहिलो हुने काम गर्नु सबै जिल्लाबासीका लागि वर्गको विषय हो भनिन् ।

हिलसिटी कलेजका प्रमुख एवम् साहित्यकार मातृका खनालले यो प्रतियोगिताले राइनासका साहित्यिक भविष्य उज्ज्वल भएको सिद्ध भएको छ । अब यस नगरका प्रतिभाले यो जिल्ला, प्रदेश र देशकै नेतृत्व लिन सक्ने देखिएको छ, अभ्यासले पूर्णता प्राप्त हुन्छ भन्ने सबै सहभागी बुझ्न जरुरी छ उनले भने । कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका सल्लाहकार कविवर विजयराज न्यौपानेले यो नगरबाट नै भोलिका दिनमा लेखनाथ, देवकोटा, भूपि, झमक, राष्ट्रकवि निस्कने संभावनाको ढोका खोलेको मैले पाएँ भने । उनले लेखन कार्यलाई निरन्तरता दिनका लागि सहभागीलाई अनुरोध गरे ।

सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले पुरस्कृत हुनु तपसिलको विषय हो, कार्यक्रममा सहभागिताले प्रतिभामा निखरता आउँछ भन्दै कविता गहिराहीमा डुवेर निकालिने मूर्ति हो भने ।

आयोजक अन्तरङ्गका सम्पादक नवराज पहाडीले बालबालिका प्रतिभामा निखारता ल्याई सम्भावनाको ढोका खोल्न कार्यक्रमको आयोजना गरिएको हो भन्दै स्थानीय तहले नीति र कार्यक्रम बनाउने बेला आएको छ, अब आफ्नो बजेटको कम्तिमा एक प्रतिशत रकम कला, साहित्य, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि खर्चिने प्रवन्ध गर्न माग गरे ।

सोही अवसरमा राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापा र उपमेयर धनकुमारी गुरुङलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो भने अन्तरङ्गले २७औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको चौथो खुल्ला मुक्तक प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने सन्तोष अम्गाईलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

अन्तरङ्ग साप्ताहिकले सञ्चालन गर्दै आएको मासिक रचना वाचनको ५६औं शृंखलाका अवसरमा आयोजनामा गरिएको उक्त कार्यक्रम शिशु विद्याश्रम माविका प्रधानाध्यापक नानुमाया पराजुलीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै