पोखरा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम

एजेन्सी
असार ४, २०७६
jesis_Fotor

पोखरा लेडी जेसिज वर्ष–२०१९ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भरतपोखरीको सरस्वती टिका माविका बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि मनोरञ्जनात्मक सामग्रीसहित ६ सिट क्षमताको घुम्ने पिङ सहयोग गरिएको छ।

त्यस्तै, पोखरा– १५ टुटुगांस्थित आरोग्य आश्रममा रहेका वृद्ववृद्वालाई खाद्यान्न सहयोग गरियो। जेसीजले मंगलवार छुट्टाछुट्टै कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको हो।

कार्यक्रममा पोखरा – ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेल, सरस्वती टीका मावि व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, पोखरा जेसिजका पूर्व अध्यक्ष नारायण शर्मा, जेसिज सप्ताहकी मूलसंयोजक शोभा भुजेल, कार्यक्रम संयोजकद्वय सुनिता भुजेल र शोभा घर्तीलगायतले बोलेका थिए।

कार्यक्रम पोखरा लेडी जेसीज वर्ष–२०१९ अध्यक्ष सपना गिरीको अध्यक्षतामा भएको थियो।

‘सामाजिक उत्तरदायित्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’ भन्ने मूल नाराका साथ जेठ ३१ देखि पोखरा लेडी जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width