नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संरक्षणमा ठूला भ्रष्टाचार बढ्दै गएको बताएका छन्। कमिसन खेलमा लोकतन्त्र र जनतालाई कमजोर बनाउने शैलीमा अर्थतन्त्र नै धरापमा पार्न सरकार लागिपरेको बताए।
नेता पौडेलले कमिसन चक्करमा मेलम्ची, अपर तामाकोशी, बूढीगण्डकी जस्ता ठूला आयोजनामा सरकारले चलखेल गरेको आरोप लगाए।
शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा नेतृ आचार्यको १० औं स्मृतिमा पोखरामा आयोजित भ्रष्टाचारविरुद्ध नागरिक अभियान कार्यक्रममा नेता पौडेलले काँग्रेसले देश, लोकतन्त्र र नेपाली जनतालाई डुब्नबाट जोगाउने बताए।
दुईतिहाई दम्भमा अदालत र अख्तियारलाई कमजोर बनाउँदै आफूअनुकूल बनाउँदै लगेकोमा आपत्ति जनाए। ‘अदालत र अख्तियारलाई काँग्रेसको साथ छ, दोषीलाई नछोड्नुहोस्’ नेता पौडेलले भने, ‘दोषीलाई कारबाही गर्न जनताले नै साथ दिनु पर्छ, तपाईहरु भन्नुहोस् अख्तियारलाई हाम्रो साथ छ भनेर। ’
देशलाई असफल बनाउने खेलमा नेपाली कम्युनिष्ट लागिपरेको दाबी गर्दै नेता पौडेलले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि जिम्मेवार र जनतामैत्री भएर काम गर्नुपर्नेमा जोड दिए।
नेता पौडेलले भ्रष्टाचारमा नडुबेको पार्टी नेपाली काँग्रेस भएको उल्लेख गर्दै कम्युनिस्टले लगाउने आरोप मिथ्या प्रमाणित हुँदै गएको बताए।
काँग्रेस केन्द्रीय सदस्य कमला पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुद्धिजीवी हरिबहादुर थापाले शैलजा आचार्य आदर्श नारी भएको उल्लेख गरे। कृषि मन्त्रालय सम्हाल्दा नेतृ आचार्यले भ्रष्टाचारमा मन्त्रालय डुबेको भन्दै राजीनामा दिनुले राजनीतिक नैतिकता उच्च भएको बताए।
कार्यक्रममा काँग्रेस नेता तारानाथ रानाभाटले पञ्चालयकालमा भन्दा सय गुणा भ्रष्टाचार बढेको आरोप लगाए।
शैलजा आचार्य आदर्श समाज कास्कीकी अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसी, समाजकी केन्द्रीय अध्यक्ष दुर्गा घिमिरे, कोषाध्यक्ष दीपक न्यौपाने, लमजुङकी अध्यक्ष इन्दिरा तिवारी र कास्की उपाध्यक्ष गङ्गा केसीलगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१