निबन्ध लेखन प्रतियोगिता सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
nightingale-school-2_1538097687-1000×0

पोखरा, २७ जेठ । पोखराको नेशनल क्रियसन एकेडेमीले आफ्ना विद्यार्थीमा लेख्ने सीप विकास गर्ने उद्देश्यका साथ कक्षा ६ देखि ८ सम्म जुनियर र कक्षा ९ र १० सिनियर गरी २ तहमा नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । ‘

राष्ट्रियता’ भन्ने शीर्षकमा सिनियर र मेरो जीवनको लक्ष्य भन्ने शीर्षकमा जुनियर तहमा सम्पन्न प्रतियोगितामा जुनियर तर्फ निलो सदनकी कक्षा ७ मा अध्ययनरत छात्रा सिवानी थापा प्रथम, हरियो सदनकी कक्षा ७ मा अध्ययनरत छात्रा रोशनी शाह द्वितीय भए । त्यस्तै सिनियर तर्फ हरियो सदनकी कक्षा १० अध्ययनरत छात्रा आइसा गुरुङ प्रथम, निलो सदनकी कक्षा १० मा अध्ययनरत छात्रा नेहा सहनी द्वितीय भए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल वहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्णायको भूमिका सह–प्राचार्य युवराज पौडेल र शिक्षिका सृजना आचार्यले गरेकी िथइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै