बंगलादेशी क्रिकेटर सकिब तेज बलर

एजेन्सी
जेठ २१, २०७६
Saquib Al Hassan_Fotor

Bangladesh cricket captain Shakib Al Hasan celebrates during the 6th T20 cricket match of NIDAHAS Trophy between Sri Lanka and Bangladesh at R Premadasa cricket ground, Colombo, Sri Lanka on Friday 16 March 2018. (Photo by Tharaka Basnayaka/NurPhoto via Getty Images)

बंगलादेशका अलराउण्डर खेलाडी सकिब अल हसन चालु आइसीसी विश्वकप क्रिकेटमा सबैभन्दा तेज क्रिकेटर बनेका छन्। हसनले एकदिवसीय क्रिकेटमा २ सय ५० विकेट र ५ हजार रन पूरा गरेका छन्।

३२ वर्षीय सकिबले आफ्नो २ सय ५० औँ विकेटमा आइतबार साउथ अफ्रिकाका ओपनर ब्याट्सम्यान एडन मरक्रमलाई आउट गर्न पुगेका थिए।

सकिबले अहिलेसम्म १ सय ९९ एकदिवसीय खेल खेल्दै यो रेकर्ड बनाएका हुन्। यसअघि, सनथ जयसूर्याले ३०४ म्याच खेल्दै यो रेकर्ड हात पारेका थिए। यस्तै शहिद अफ्रिदीले २७३, ज्याकी कालिसले २९६ र अब्दुल रज्जाकले २३४ म्याचमा यस्तो रेकर्ड बनाएका थिए।

आइतबारको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो। प्रतियोगितामा हसन म्यान अफ दी म्याच घोषित भएका थिए। सकिबले अहिलेसम्म ४० अर्धसतक र सात सतक पूरा गर्दै ५ हजार ७ सय ९२ रन बनाएका छन। आइतबार दक्षिण अफ्रिकासँगको खेलमा हसन र मुस्फिकर रहिमले १ सय ४२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। त्यसमा हसनले व्यक्तिगततर्फ ७५ रनको योगदान दिएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै