पाँचौ संस्करणको बेगनास फिस फेस्टिवल १ करोड रुपैयाँको कारोबार गर्दै सोमवार समापन भएको छ।
फेस्टिवल समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले पुरानो लेखनाथमा प्रशस्त जलाशय रहेकाले सो क्षेत्रलाई माछा उत्पादनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए।
उनले कास्की जिल्लालाई मात्र नभई गण्डकी प्रदेशमै माछामा आत्मनिर्भर हुने गरी व्यावसायिक ढंगले अघि बढ्न कृषकलाई आग्रह गरे।
बेगनास तालको मापदण्ड निर्धारण गरी पर्यटन प्रवद्र्धनका गतिविधि संचालन गरेर आर्थिक हिसाबले सुदृढ बनाउने अभियानमा महानगर लागेको उनले उल्लेख गरे। त्यस अवसरमा उनले बेगनास तालको किनारमा फुटट्रयाक निर्माण महानगरले अघि बढाएको समेत बताए।
कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यावसायिक सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै घरेलु हिंसा रोक्न परिवारको मुख्य भूमिका रहने बताए। प्रहरी उपरीक्षक कार्कीले आफूले प्रहरी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको केही दिनमात्र भएको उल्लेख गर्दै सबै वस्तुस्थिति बुझेर अघि बढ्ने बताए।
कार्यक्रममा कास्कीमा नवआगन्तुक प्रहरी प्रमुख कार्की, बृहत् बेगनास सरसफाइ कार्यक्रमका अभियन्ता रामबहादुर रानाभाट, होटल तथा रेष्टुरेष्ट एशोसिएसन लेखनाथका पूर्व अध्यक्ष किरण खनाल, दुर्गाप्रसाद अधिकारी, पर्यटन व्यवसायी दामोदरभक्त थापा र हस्पिटालिटी कन्टेस्ट २०१९ अनिक अधिकारीलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय खुँदीका प्रमुख चित्रागंत बराल, नेपाली काँग्रेसका प्रतिनिधि धु्रव अधिकारी, नेकपाका प्रतिनिधि बिन्दु परियार, पशु सेवा कार्यालय गण्डकीका प्रतिनिधि ठगेन्द्रप्रसाद अर्याल, मत्स्य व्यवसाय समिति कास्की अध्यक्ष दयाराम तिवारी, बेगनास युवा क्लब अध्यक्ष रामबहादुर रानाभाट, बेगनासताल महिला समूह अध्यक्ष दुर्गा अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
फेस्टिवलमा १२ हजार किलो माछा बिक्री भएको प्रचार समिति संयोजक दामोदरभक्त थापाले जानकारी दिए। उनले प्रतिकूल मौसम बाबजुद फेस्टिवल सफल भएको बताउँदै आगामी वर्ष क्यालेण्डरमै समावेश गरी अनुकूल मौसममा फेस्टिवल आयोजना गरिने उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१