वडाध्यक्ष कप फुटबलमा ६ खेल

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
Wada Ahyekshya FootBall_Fotor

पोखरामा जारी अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बुधबार ६ खेल सम्पन्न भएका छन्।

खेलमा पार्दी मावि, शान्ति निकुञ्ज बोर्डिङ स्कूल, एलपी देबकोटा बोर्डिङ स्कूल, ढुङ्गेसाघुँ बोर्डिङ स्कूल, शिशुकल्याण बोर्डिङ स्कूल र फिस्टेल एकेडेमीले जित निकालेको छ।

पहिलो खेलमा पार्दीले वेष्ट पोइन्ट बोर्डिङ स्कूललाई २–१ ले हरायो। उक्त खेलमा पार्दी माविका पेम्बा गुरुङ म्यान अफ दि म्याच बने। दोस्रो खेलमा शान्तिनिकुञ्जले बालोदय बोर्डिङ स्कूललाई ६–१ गोलको विशालअन्तरले जित निकाल्यो। उक्त खेलमा शान्ति निकुञ्जका आशीष कुँवर म्यान अफ दि म्याच बने।

तेस्रो खेलमा एलपी देवकोटाले किण्डरगाटेर्नलाई ४–० को फरक गोल अन्तरले हरायो। उक्त खेलमा एलपी देवकोटाका सन्दीप रोका म्यान अफ दि म्याच बने।

चौथो खेलमा ढुङ्गेसाँघु बोर्डिङले जानकी माविलाई ४–० को गोल अन्तरले हराउँदै खेललाई आफ्नो पक्षमा पार्यो। चौथो खेलमा ढुङ्गेसाघुँ बोर्डिङका सुजन गुरुङ म्यान अफ दि म्याच बने।

त्यस्तै, पाँचौ खेलमा शिशुकल्याण बोर्डिङ स्कूलले छोरेपाटन माविलाई टाइब्रेकरमा ३–१ हरायो। निर्धारित समयमा दुवै स्कूलबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। उक्त खेलमा शिशुकल्याणका सौगात गुरुङ म्यान अफ दि म्याच बने।

अन्तिम खेलमा फिस्टेल एकेडेमीले पोखरा स्पाइरल बोर्डिङ स्कूललाई ७–० को विशाल गोलअन्तरले हरायो। खेलमा फिस्टेल एकेडेमीका मिलन गुरुङ म्यान अफ दि म्याच बने।

विहीबार एलपी देवकोटाविरुद्ध शान्ति निकुञ्ज, शिशुकल्याणविरुद्ध ढुङ्गेसाघुँ बोर्डिङ स्कूल, फिस्टेल एकेडेमीविरुद्ध एक्स आर्मी स्कूल र ओम एकेडेमीविरुद्ध पार्दी माविले प्रतिस्पर्धा गर्ने आयोजक ड्यामसाइड क्लबले जनाएको छ।

पोखरा महानगरपालिका वडा १७ को दोस्रो वार्षिकोत्सव अवसरमा स्थानीय ड्यामसाइड क्लबले अन्तरविद्यालयस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा १९ विद्यालयको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै