दार्चुला, १२ जेठ । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो ।
उनका श्रीमान ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन । सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए ।
खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन ।
बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ । घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१