क्रिकेटर गौतम गाम्भिरको भारतीय लोकसभामा डेब्यु

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७६
Cricketer Gautam Gambhir

पोखरा, ११ जेठ । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनर गौतम गाम्भिरले भारतीय लोकसभामा समेत डेब्यु गरेका छन् ।

गाम्भिरले भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा विजय हासिल गरेर राजनीतिक क्षेत्रमा डेब्यु गरेका हुन् । दिल्लीको इस्ट दिल्ली क्षेत्रबाट चुनाव जितेका गाम्भिरले ३ लाख १० हजार ६ मत ल्याएर जित हासिल गरेका हुन् ।

उनी भारतीय जनता पार्टीबाट उमेदवार बनेका थिए । गाम्भिरका निकटतम प्रतिद्वन्द्वी भारतीय कांग्रेस पार्टीका अरभिन्दर सिंह लभ्लीले १ लाख ५३ हजार २ सय ७९ मत ल्याए । उनलाई मत दिने मतदाताहरुले योसँगै गाम्भिरको लोभसभामा डेब्यू मानेका छन् ।

चुनावअघि गाम्भिर र आम आद्मी पार्टीकी अतिसीबीच ठूलो विवाद भएको थियो । अतिसीले गाम्भिरले गलत पम्प्लेट बनाएको भन्दै विरोध गरेकी थिइन् । ३७ वर्षीय गाम्भिर गत महिनामात्र भारतीय जनता पार्टीमा आवद्ध भएका थिए । उनलाई मन्त्री अरुण जेट्ली र रविशंकर प्रसादले पार्टीमा भित्राएका थिए ।

त्यसअघि उनले सन् २०१८ को अक्टोबरमा क्रिकेटबाट संन्यास लिएका थिए । सन् २००३ मा भारतीय क्रिकेटको टिममा डेब्यू गरेका गाम्भिरले सन् २०११ को विश्वकप भारतलाई दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गाम्भिरले भारतका लागि ५८ टेस्ट, १ सय ४७ एकदिवसीय र ३७ टी–२० खेल खेलेका छन् । त्यस क्रममा उनले टेस्टमा ९ शतक र एक दिवसीय खेलमा ११ शतक प्रहार गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै