चट्याङबाट एकको मृत्यु

रासस
वैशाख १५, २०७६
CHATANG

राजविराज, १५ वैशाख । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आइतवार एक वृद्धको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीय मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width