१८ वर्षदेखि व्यवसाय गर्दै न्यूनदृष्टियुक्त

रासस
वैशाख ११, २०७६
ppp000

?? ???????? ??????? ????? ???????????????? ????? ?????? (???? ?????) ?????????? l:yt ?? ???????? ?? ????????????? ????? ????? ? ???????? ????? ??????? ????? . ????????? ??????????–? ?? ?? ?????? ???? ???????? ???? ???? ???? ???? ??????? ????? ???????? ?? . t:jL/ hd’gf jiff{ zdf{ /f;; kf]v/f

पोखरा, ११ वैशाख । पोखरा–बागलुङ राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् ।

क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे विस्तारै औषधिको असरले उनको दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताए ।

एक छोरा, दुई छोरीका बुबा उनी सोही समस्याका कारण ५ कक्षाको मात्रै अध्ययन गरे । “शुरुका दिनमा छरछिमेकको घरमा खुर्सानी मसला कुट्दै आएको थिएँ । २०५८ मा राजमार्गमा होटल खुल्दै गएपछि आफैँले टिमुर र खुर्सानी बेच्न थालेको हुँ ।” उनले भने बागलुङ–पोखरा राजमार्गमा लुम्ले कृषि अनुसन्धान केन्द्रको मुलगेट अगाडि रहेको दाजुको होटलबाट उनले व्यापारको शुरुआत गरे ।

बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक आठ घण्टा ओखलमा निरन्तर टिमुर खुर्सानी कुटेर धुलो बनाउँदै आएका उनले पोखरा–बागलुङ राजमार्गमा उनको होटलमा खाजा खाना आउनेदेखि बाटोमा हिँड्दा देख्नेसम्म उनका ग्राहक छन् ।

नेपाल दृष्टिविहीन सङ्घ कास्कीको कार्यसमिति सदस्यसमेत रहेका तुलाचनले सरकारले अपाङ्गता भएकालाई पनि विभिन्न रोजगारमूलक अवसर प्रदान गर्दै आएको भन्दै सबैले आफ्नो सीप र क्षमताअनुसारको काम गरेर आत्मनिर्भर हुन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width