राजतन्त्र पर्काउन खोज्नेलाई कानूनले ठिक पारिने

एजेन्सी
वैशाख १०, २०७६
Baskota

dGqL uf]s’nk|;fb af:sf]6f M ;fd’bflos /]l8of] k|zf/s ;+3 -csf]/fa_ sf] /fli6«o ;Dd]ng tyf jflif{s ;fwf/0f;efnfO{ a’waf/ jL/]Gb|gu/df ;Daf]wg ug'{x’Fb} ;~rf/ tyf ;”rgf k|ljlwdGqL . t:jL/ M k|sfz clwsf/L, ;’v]{t, /f;;

काभ्रेपलाञ्चोक, १० वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् । प्रगति र सुशासनलाई अवरोध र्पुयाउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको मन्त्री बास्कोटाको आरोप छ ।

‘धर्मको संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बास्कोटाको यस्तो भनाइ आएको हो । उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे । प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै मन्त्री बास्कोटाले सरकार त्यसमा नअलमलिने पनि दावी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै