पोखरा, १० वैशाख । कास्की कारागार भित्र घरेलु उद्योगको अभाव हुँदा आधिकाशं कैदीबन्दीको युवा जनशक्ति खेर गइरहेको छ ।
कारागार भित्र मुढा निर्माण र महिलाका लागि झोला बुन्ने काम बाहेक अन्य कुनै साना उद्योग केही नहँुदा अधिकाशं युवाको जनशक्ति त्यसै खेर गएको छ भने युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नहुँदा उनीहरुले आयआर्जन गर्न समेत सकेका छैनन् ।
कास्की कारागार भित्र यतिवेला ७५५ जना कैदीबन्दी छन्, ति मध्ये अधिकांश कैदीबन्दी २०देखि ४० वर्ष उमेर समूहका छन् । युवा जनशक्तिलाई सदुपयोग गर्न कारागारभित्र साना उद्योग संचालन आवश्यक हुने कारागार प्रमुख गणेश गौतमले बताए ।
केहीलाई मुढा निर्माण गर्ने तालिम दिइएको छ ।
एउटा मुढा निर्माण गरेवापत १३० रुपैयाँ प्राप्त गर्न सक्छन तर व्यापारीले एउटा मुढाको तीन सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । एउटा मुढा निर्माण गर्दा कैदीवन्दीलाई एक दिनको समय लाग्छ ।
कारागार प्रमुख गौतमले कारागार भित्र जग्गा प्रसस्त रहेकाले व्यापारिक पसल निर्माण गरी कारागारभित्र उत्पादित सामान बिक्री गर्ने सोचाइ रहेको बताए । उनले भने “बिक्री कक्ष सञ्चालन ल्याउन सक्यौ भने कैदीबन्दीलाई बढी नाफा हुनुका साथै उपभोक्ताले पनि सस्तो मूल्यमा सामान खरिद गर्न सक्ने छन् ।
सबैभन्दा ठूलो समस्या बजारको अभाव हो । यसअघि कारागारमा अगरबत्तीको उद्योग पनि सञ्चालन थियो । व्यापारीले बढी नाफा कमाउनका लागि सस्तोमा खरीद गर्न खोज्दा सो उद्योग बाध्यतावश बन्द गर्नु परेको थियो ।
विसं २०२२ मा स्थापना भएको उक्त कारागारमा दुईवटा ब्लक पुरुषका लागि र एउटा ब्लक महिला कैदीबन्दीको लागि छुट्ट्याइएको छ । पुरुषको लागि ४०० र महिलाका लागि २५ गरी ४२५ जना क्षमता रहेको कारागारमा कारागारमा यतिवेला पुरुष ६९६, महिला ५९ गरी ७५५ जना कैदीबन्दी र आश्रित दुई नाबालकसमेत गरी ७५९ जना रहेको कारागार शाखाले जनाएको छ ।
कार्यालय प्रमुख गौतमले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको भए पनि कैदीबन्दीलाई सूचना र मनोरञ्जनका लागि खासै समस्या नरहेको बताउछन् । टेलिभिजनको सुविधा र पर्याप्त शौचालय रहेको छ, गौतमले भने–कारागारलाई सुधार गृहको रुपमा परिणत गर्ने सोचाइ भए पनि सामान्यदेखि आपराधिक घटनाका कैदीबन्दीलाई एकै ठाउँमा राखिएको छ ।
एकै ठाउँमा राखिएको कारणले कतिपय सामान्य कैदीबन्दीमा नकारात्मक प्रभावमा पर्ने सम्भावना प्रबल देखिएको छ । सुधार गृहमा परिणत गर्नका लागि सामान्य घटनाका कैदीबन्दीलाई छुट्टै राख्नुपर्ने हुन्छ । कारागारका युवा शक्तिलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक सीपमूलक तालिमका साथै विभिन्न प्रकारका साना उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रत्येक कैदीबन्दीलाई रासनबापत प्रतिदिन रु ६० का साथै ७०० ग्राम चामल कारागार शाखाले उपलब्ध गराउँदै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१