पोखरा, २८ चैत । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार राप्रपा कास्की पोखरा महानगर समितिले विहीवार पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना दिएको छ ।
हिन्दु राष्ट्र घोषणा गर, नागरिकता वितरण ऐन २०७५ खारेज गर, राजा सहितको प्रजातन्त्र कायम गर जस्ता माग राख्दै बैशाख ८ गतेसम्म राप्रपाले आफ्ना आन्दोलनका कार्यक्रम तय गरेको छ ।
राप्रपाको देशैभरीका नगरपालिका तथा गाउँपालिकामा धर्ना दिने कार्यक्रम अनुसार पोखरा स्थित पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना दिइएको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले जानकारी दिए । उक्त अवसरमा केन्द्रीय सदस्यहरु जयलाल पुन, कुल बहादुर गुरुङ, प्रदेश उपाध्यक्ष गीता गुरुङ, सचिव बरुण बिक्रम राणा, प्रदेश सदस्य नारायण गुरुङ, जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की लगायतका नेताहरुले देशलाई सनतान हिन्दु राष्ट्र बनाई सबै अट्न सक्ने संविधान निर्माण गरी लुटतन्त्र हटाई समृद्ध नेपाल निर्माण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु रोम बहादुर भण्डारी, शिव प्रसाद चालिसे, नरहरि तिमिल्सिना, सीता खड्का, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, प्रदेश प्रवक्ता नवराज बसौला लगायत जिल्ला सदस्य, भातृ संगठनका नेताहरु, युवा नेताहरुको उपस्थिति रहेको थियो । जिल्ला सचिव हरि प्रसाद बरालले संचालन गरेको कार्यक्रममा समापन महानगर अध्यक्ष मोतिमान शाक्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१