सरकारले भने जस्तो उपलब्धी गरेको छैंन – चुमान

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७५
Jalsaaa

स्याङ्जा, २३ चैत । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सरकारले भने जस्तो उपलब्धि गर्न नसकेको बताएका छन् । पहिलो बर्ष जग बसाउन खर्चेको बताउदै आउदा बर्षदेखि गति लिनेमा उनले जोड दिए ।

मुस्लिम समाजद्धारा पुतलीबजार नगरपालिकामा आयोजित जल्सा (इस्लाम धार्मिक प्रवचन) को शनिवार वाडखोलामा उदघाटन गर्दै मन्त्री चुमानले सो बताएका हुन । धार्मिक सम्प्रदाय र अल्पसंख्यक सिमान्तकृत समुदायमा परिचित मुस्लिम समुदायलाई राज्यका मूलधारमा ल्याउन आफु प्रतिवद्ध रहेको पनि उनले जनाए ।

नेपालको बिबिधतायुक्त संस्कृति पुँजी भएको बताउदै यसको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्ने बताए । मुस्लिम चाडपर्वमा आगामी बर्षदेखि पुनः बिदा दिईने आश्वासन दिए । मन्त्री चुमानले गण्डकी प्रदेशलाई उत्कृष्ठ प्रदेश बनाउन सबैको साथ र सहयोग आवश्यक रहनेमा उनको जोड छ ।

कार्यक्रममा संघीय संसद द्वय नारायणप्रसाद मरासीनी र बालिका खातुन, गण्डकी प्रदेश सदस्य दिपक थापा, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगर कार्यवाहक प्रमुख महेश पुरी, नेकपा प्रदेश सदस्य पारश गैह्रे, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, मुस्लिम संघका पूर्व केन्द्रिय सचिव मुन्ना शेख, मुस्लिम समाजका संस्थापक हाजी अमिरबक्स मिया, वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, नेपाल संघर्ष गठबन्धन पूर्व प्रवक्ता सहिद अली लगायतले बहुसांस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न सके विश्वकै आध्यता केन्द्र बन्नेमा जोड दिएका थिए ।

मुस्लिम समाजका अध्यक्ष शेर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अली मोहम्मदले स्वागत एवं सचिव शाह मोहम्मदले संचालन र मोहम्मद रफिनदिन जद्धातारीले कुरान पढेका थिए ।

इस्लाम धर्मको संरक्षण र सम्बद्र्धन सहित सुन्नी मुसलमानहरुको एकता कायम राख्ने उदेश्यले धार्मिक प्रवचन गरिएकोे हो । प्रारम्भिक तहको शिक्षालय र इस्लाम धर्मसंस्कारको संरक्षण नै जल्ला आयोजनाको प्रमुख उदेश्य हो ।

पुतलीबजार नगरपालिका ३ स्थित बाडखोलामा आयोजित जल्सामा यूके, भारत र नेपालका मौलाना (इस्लामी धर्मगुरु) ले प्रवचन दिएका हुन । ‘एशियाकै प्रशिद्ध वाचक नुरानी मिया, भारतका अबुल हक्कानी, नेपालका शेरे नेपाल, जैसे मोहम्मद सिद्धिकि सिइिकी जस्ता धर्म गुरुहरुले इस्लामी धर्म, सस्कृति र कर्मका बारेमा साक्षात्कार गराउनुका साथै आर्थिक संकलन गरिएको छ ।
पुतलीबजार नगरपालिकामा पहिलो पटक हुन लागेको हो । जल्साबाट ५० लाख भन्दाबढी रुपैंया संकलन गर्ने र २५ लाख खर्च गर्दै २५ लाख बचत गर्ने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको  नियुक्तिविरुद् परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल…
  • गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै…
  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…

hero news full width