६२ औ सहकारी दिवसमा अन्तरक्र्रिया

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७५
sak

पोखरा १९ चैत । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सहकारीको पबद्र्धन र व्यवस्थापनका बारेमा महानगरले सहकारी ऐन निर्माण गरेको बताएकी छन् ।

६२ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार सहकारी सम्वन्धी अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले केन्द्र र प्रदेशसंग नबाझिने गरी महानगरले ऐन तथा नियमावली बनाएर सहकारीलाई व्यवस्थित गर्ने काम शुरु गरेको बताउदै पोखरा महानगरले सहकारी सम्वन्धी बनाउने ऐन, नियमावली उत्कृष्ट हुनुपर्ने बताइन् ।

उनले देशकै ठूलो महानगर भएकाले पोखराले कस्तो ऐन बनाउर्छ भन्ने चासो रहेको बताउदै सवैले अनुशरण गर्नसक्ने गरी ऐन, नियमावली बनाउनुपर्ने बताइन । कास्की जिल्ला सहकारी संघका उपाध्यक्ष बलराम गौतमले सहकारीले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा सहकारीकर्मी पुण्यप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, महानगर सहकारी व्यवस्थापन समितिका सदस्य ओमप्रसाद सुवेदी लगायतले सहकारीका बारेमा बोलेका थिए । कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महानगरले बनाएको सहकारी ऐन र महानगर सहकारी व्यवस्थापन समितिका सदस्य भीम गुरुङले अव बन्ने सहकारी नियमावलीमा समावेश गरेर जानुपर्ने विषयका बारेमा जानकारी गराएका थिए । कार्यक्रम पोखरा महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै