हेटौँडा, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको रक्षाको निमित्त राजनैतिक शक्तिहरु दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा मंगलवार आयोजित कार्यकर्ता भेलामा थापाले धर्म, संस्कृति र पहिचान रक्षाका निमित्त गाउँगाउँमा चेतनाको विकास हुन जरुरी भएको बताए । सो अवसरमा बारा र पर्सा जिल्लामा हावाहुरीले पु¥याएको जनधनको क्षतिप्रति थापाले दुःख प्रकट गरेका छन् । राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन दृढता र सङ्कल्पसहितको नयाँ पुस्ता तयार गर्नुपर्ने औँल्याए ।
काङ्ग्रेसको चाहना धार्मिक स्वतन्त्रता–महामन्त्री कोइराला
पाल्पा, १८ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको बताएका छन् ।
“धर्म स्वतन्त्र हुनुपर्छ, काङ्ग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,” प्रेस युनियन पाल्पाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भने । हिन्दू राष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो ।
हावाहुरीबाट बारा–पर्सामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महामन्त्री कोइरालाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे । बहुमत प्राप्त सरकारले जनतालाई आशाभन्दा पनि निराशा पैदा गराएको महामन्त्री कोइरालाले आरोप लगाए ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१