गल्फमा बलराम विजयी

एजेन्सी
चैत्र १६, २०७५
55807275_368774727183216_4873111026943393792_n

पोखरा, १६ चैत । हिमालयन गल्फ मन्थी मेडल प्रतियोगितामा बलराम थापा विजयी भएका छन् । उनले ३४ स्कोर प्राप्त गरे । खेलमा रनर अप अर्जुन गुरुङ र फस्ट रनर अप ज्ञानकाजी गुरुङ रहेका छन् ।

हिमालयन गल्फ कोर्सको आयोजनामा मझेरीपाटनमा भएको सो खेलमा २४ जना खेलाडीको सहभागिता थियो । विजयीलाई बेलायती नागरिक लेज मार्सलले पुरस्कारस्वरुप ट्रफी प्रदान गरेका थिए ।

विजयी बलराम थापाले गल्फ खेललाई व्यावसायीक रुपमा अगाडि बढाउन सके पोखराको पर्यटन विकासमा नयाँ आयाम हुने बताए । नदी, खोला र हिमाल हेरेर खेल्न पाउने विरलै ठाउँ हुने भएकोले यसको फाइदा पोखराको पर्यटनले लिनुपर्ने कुरामा जोड दिए ।अर्का खेलाडी ज्ञानकाजी गुरुङले पोखरा हरेक खेलको लागि उर्वर ठाउँ भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width