कृषकलाई हाते ट्र्याक्टर

रासस
चैत्र १६, २०७५
maxresdefault

गोरखा १६, चैत । गोरखा नगरपालिका–२ र ३ ले किसानका लागि अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ ।

वडाभित्र कृषियोग्य जमीन बाँझो नराख्न किसानलाई हौसला प्रदान गर्न दुई वडाले गाँउभरी पहुँच पुग्नेगरी कृषि समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो ।

दुबै वडामा गरी २० कृषि समूहलाई ट्र्याक्टर वितरण गरेको वडा नं– ३ का वडाध्यक्ष रामबहादुर बोगटीले जानकारी दिए । “गाँउमा धेरै खेतीयोग्य जमीन विस्तारै बाँझो हँुदै जान थाल्यो”, वडाध्यक्ष बोगटीले भने “खेती गर्नका लागि गोरु पाइनै छाडेपछि किसानले करेसाबारी समेत बाँझै राख्न थाले, हौसला प्रदान गर्न अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको हो ।” कार्यालयले सबै समूहलार्ई निवेदनका लागि आह्वान गरेर आवश्यकताका आधारमा अनुदानमा ट्र्याक्टर वितरण गराएको उनको भनाइ छ ।

“हामीले चालु आर्थिक वर्षमा १२ समूहलार्ई मात्र वितरण गर्ने गरी निवदेन आह्वान गरेका थियौं”, उनले भने “यहाँ १२ मात्रै निवेदन परेपछि आवश्यक जानकारी लिएर ट्र्याक्टर वितरण गरेका हौं ।” कृषकलाई वितरण गरिएको ट्र्याक्टर ७.५ हर्सपावर क्षमताका रहेका र उक्त ट्र्याक्टरले प्रतिघण्टा एक रोपनीसम्म जमीन जोत्नसक्ने उनले जानकारी दिए । वडा कार्यालयले प्रति ट्र्याक्टर करीब रु ५५ हजारमा खरीद गरी कृषि समूहलाई उपलब्ध गराएको उनले जानकारी दिए ।

त्यस्तै वडा नं २ ले वडाभित्र रहेका ११ समूहमध्ये ८ समूहलाई वडा कार्यालयको बजेटबाट अनुदानमा ट्र्याक्टर वितरण गरेको वडाध्यक्ष रमतुल्हा मियाँले जानकारी दिए । बाँकी रहेका तीन टोलले यसअघि नै गोरखा नगरपालिकाबाट अनुदानमा हाते ट्र्याक्टर प्राप्त गरिसकेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width