ओमको सहकार्य

एजेन्सी
चैत्र १५, २०७५
om_Fotor

पोखरा, १४ चैत। ‘पोखरामा प्रमोद खरेल’ मा बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंकले सहकार्य गरेको छ। कार्यक्रमको व्यवस्थापक कम्पनी बार्दली मिडिया प्रालिसँग बैंकले व्यावसायिक सहकार्य गर्ने सम्झौता गरेको हो।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीसँगै सहायक प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्ल र बार्दली मिडिया प्रालिको तर्फबाट प्रबन्ध निदेर्शक मन क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ‘कार्यक्रमको सहयोगीको रुपमा हामी आउन पाउँदा खुसी छौँ,’ सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले भने ।

बार्दलीका प्रबन्ध निदेर्शक मन क्षेत्रीले बैंकिङ पार्टनरको रुपमा ओम डेभलपमेन्टलाई इभेन्टमा ल्याउनु सुखद भएको प्रतिक्रिया दिए।

पोखरा सभागृहमा चैत २२ मा ‘पोखरामा प्रमोद खरेल’ सांगीतिक कार्यक्रम हुँदैछ।

Related News

सम्बन्धित समाचार

hero news full width