बृहत कला र सांस्कृतिक महोत्सव शुरु

रासस
चैत्र १३, २०७५
lalitpur-taleju-bell-hari-shankar-temple-king-yoganarendra-malla-column

ललितपुर, १३ चैत । कला नगरीको प्रवद्र्धन गर्ने उद्देश्यले बुधवारदेखि ललितपुर महानगरपालिका–१६ मा ‘बृहत कला र सांस्कृतिक महोत्सव’ शुरु भएको छ ।

विश्व कला परिषद्ले केही महीना पहिले ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । कला नगरीको प्रचार गर्नेसँगै यहाँ पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

हस्तकला व्यवसाय प्रवद्र्धनका लागि आयोजित महोत्सव पाँच दिनसम्म सञ्चालन हुने वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले बताए । ‘हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव’ नाराका साथ सबै टोल समेट्ने गरी कार्यक्रम आयोजना गरिएको छ । कला नगरी घोषणासँगै यहाँ हस्तकलाको विकास हुने स्थानीयवासीमा आशा बढिरहेको उनले बताए ।

महोत्सवमा सबै टोल, टोलवासी र त्यहाँका जात्रा, पर्वसँगै मूर्त र अमूर्त सम्पदा महोत्सवको आकर्षणका रूपमा रहेको वडाध्यक्ष शाक्यले बताए । महोत्सवमा धातुकला, मूर्तिकलालगायतका २५ स्टल रहेका छन् । नकवहिलस्थित लोकाकीर्ति महाविहारमा रहेको रञ्जना लिपि लेखन विधि र गेडागुडीको मण्डला प्रदर्शनी गरिएको उहाँले जानकारी दिए । त्यस्तै, यहाँका धार्मिक र संस्कृतिक पर्वको झल्कोसमेत महोत्सवमा देखाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै